कास्कुनलाई उत्कृष्ठ संघ बनाउन मेरो अध्यक्षता – गोविन्द काफ्ले

कास्कुनलाई उत्कृष्ठ संघ बनाउन मेरो अध्यक्षता – गोविन्द काफ्ले

काठमाडौँ  – यतिबेला काठमाडौं जिल्ला बचत तथा ऋण संघ (कास्कुन)को नेतृत्वको लागी चुनावी चर्चा चुलिएको छ । नयाँ नेतृत्व चयन का लागी सहमतीको वातावरण नबनेपछि प्यानल लिएर लड्ने तयारीमा २ प्यानलखडा भएका छन् । जस अन्र्तगत प्रजातान्त्रीक धारबाट वर्तमान कोषाध्यक्ष गोविन्द काफ्लेले नेतृत्वमा उपाध्यक्षमा कमलराज अधिकारी, सचिवमा रमिला श्रेष्ठ शाक्य, कोषाध्यक्षमा निरञ्जन सेढाई ,लेखा संयोजक सुवास चन्द्र धिमिरे सहित १८ सदस्य चुनावी मैदानमा होमीन लागेका हुन । कास्कुनको आगामी २७ गते साधारण सभा मार्फत नयाँ नेतृत्व चयन गर्नेछ ,यसै चुनावी तयारी र अगामी दिनमा रणनिति के कस्ता हुनेछन् भन्ने बारे उनि सँग गोकर्णन्युज कर्मीले गरेको छोटो अन्तर्वाताको सम्पादित अशं

चुनावी तयारी कस्तो छ ?

नेशनल कोअर्पेशन एलाइन्स जिल्ला कार्य समितिको निर्णय र सर्वसहमती बमोजिम १८ जना कै सदस्यमा निर्वाचनमा जाने तयारी गरेका छौं । सहमती सहकार्य र एकताको अधिकतम प्रयासबाट अगाडी बढ्न खोज्दा खोज्दै नेकपाका साथिहरुले हामीलाई उपेक्षित गरेर अगाडी बढ्न खोजियो,कास्कुन हाम्रो मात्र हो हामीले मात्र चलाउनु पर्छ भन्ने ढङ्डबाट अगाडी बढ्न खोजेपछि हामी आम सहकारी कर्मीहरुको भावना अनुरुप चुनावी अभियानमा लागेका छौं । चुनावी तयारी अत्यान्तै तिब्र रुपमा अगाडी बढेको छ । सम्पूर्ण साथिहरु आ आफ्नो क्षेत्रबाट चुनावी अभियानमा होमिनु भएको छ ।

विगतमा सहमतीमै टुङ्गीन्थ्यो अहिले किन चुनावमा जानु पर्ने कारण बन्यो ?

हिजो १२ औं साधारणसभामा सहमती बाटै नेकपा समर्थित साथिहरु सँगै सर्वसहमत रुपमा अगाडी बढेका थियौं र यसपाली पनि सहमती बाटै अगाडी बढ्ने भनेरै लागेका थियौं तर नेकपाका साथिहरु सहमतीमा जान चाहानु भएन पूर्ण रुपमा धम्कीको भाषामा तिमिहरुलाई २र/३ भन्दा पाउदैंनौं जे गर्न सक्नुहुन्छ गर्नुहोस भन्ने जस्ता अभिव्यति आए र कास्कुन भित्र वा भनौं जिल्लाका साथिहरुलाई वाईंपास गरेर नेप्सन संचालकलाई ल्याउने काममा उहाहरु जानुभयो र त्यो अत्यान्तै कास्कुन सहकारीकर्मीहरुको लागी पनि अपाच्य भएको छ । त्यसै अनुरुप सहमतीको वातावरण बन्न सकेन आम सहकर्मीहरुको भावना विपति भएको हुनाले पनि चुनावी वातावरणमा जानु प¥यो ।

तपाईको उम्मेदवारी के का लागी ?

मेरो उम्मेदवारी कास्कुनलाई देभरीका ७७ जिल्लाहरुका संघ भन्दा उत्कृष्ठ संघ बनाउने अभिप्राय साथै प्रतिबद्धता साथ मेरो उम्मेदवारी हो ।

भावी कार्ययोजना र कस्तो रणनिति अनुरुप अगाडी बढ्ने सोच्नु भएको छ ?

मेरो १५ बर्षे सहकारी अभियानमा सधै सहमती र सहकार्य भातृत्व र एकता अबलम्बन गरेर हिडेको व्याक्ती हुँ र भोलीका दिमा पनि सहकारी भावना भित्र रहेर सहकारी कर्मी भएर कार्य संचालन गर्ने छु र आज सम्म पनि यहि बाटो नै अबलम्बन गरेको छु । कुनै विचार धारा नभनी संघ  र सहकारी कर्मीहरुको लागी र सहकारी अभियानको हित का लागी कर्म गर्दै आएको छु । भोलीका दिनमा समेत आफ्नो  कर्म काम र अभियानलाई सबै साथिहरुलाई समेटेर अगाडी बढ्ने छु । बलियो टिम बनाएर उत्कृष्ठ संघका रुपान्तरण गर्ने मेरो लक्ष्य रहेको छ । सहकारी भावना अनुरुप न्युनतम भावान पालना गरेर सहकारी ऐन २०७४ र आउदैं गरेको नियमावलिको अधिनमा रहेर कार्य संचालन गर्ने कार्यभार हुनेछ । साथै आम सहकर्मीहरुको अवस्था र प्रारम्भीक सहकर्मीहरुको अवस्था र भावना अनुरुप अगाडी बढेर कर्जा प्रवाह गर्ने , बचत संकलन कारोबार गर्ने साथै सहयोग र सद्भावको हित अनुकुल सहकर्मीलाई समेट्दै अनुगमन लाई चुस्त दुरुस्त बनाउदै अगाडी बढ्ने सहकारी कर्मीको सुख दुुखमा साथ दिदै सहकारी अभियान्ता सरोकारवाल र सहकर्मी साथिहरुको सुझाव सल्लाह बमोजिम संघलाई कसरी राम्रो र अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बाटोमा अगाडी बढ्ने कोसिस रहने छ । हामी यस आर्थिक बर्षमा ३१ करोडको हाराहारीमा वासलात तयार भएको छ अबको ४ बर्षे कार्यकालमा न्यूनत ६० /७० करोडको व्यालेन्स सिट तयार गरेर। हामीले १५ प्रतिशत लाभांश वितरण गर्दै संस्थालाई फराकिलो दायरा बनाएर परिचालन गर्ने र कम्तीमा यस कार्यकालमा संघको भवनको लागी एउटा जग्गा सम्म खरिद गर्ने सक्ने  लक्ष्य अनुरुप अगाडी बढेका छौ  ।

कतिजनाको टिम लिएर चुनावमा होमिदै हुनुहुन्छ ?

अहिले १८ जनाको टिम बनाएर मेरो अध्यक्षतामा ५ जना पदाधिकारी सहित १३ जना संचालक समितिको टिम चुनावमा होमीन लागेका छौं।

हाम्रो समूहबाट उपाध्यक्षमा कमलराज अधिकारी, सचिवमा रमिला श्रेष्ठ शाक्य, कोषाध्यक्षमा निरञ्जन सेढाईको उम्मेदवारी परेको छ, साथै सञ्चालकमा राजकुमार खड्का, ईश्वर सुनार, नारायण सापकोटा, पुष्कर सापकोटा, राजु खनाल, सुमन जिसी, रबिन्द्र श्रेष्ठ, कृष्ण खनाल, अनिता अधिकारी, गीता रेग्मी, सीमा पुरीको उम्मेदवारी  छ भने सुवासचन्द्र घिमिरेको लेखा संयोजकमा उम्मेदवारी छ । लेखा सदस्यमा विक्रम श्रेष्ठ र अर्जुन भट्टराईको उम्मेदवारी सहित चुनावमा होमिदै छौ।

तपाईलाई जिताउनुपर्ने कारण ?

वास्तवमा मलाई जिताउने भन्दा पनि समग्र सहकारी कर्मीको भावनालाई जिताउनु पर्छ भनेरै मेरो उम्मेदवारी  परेको हो । आम सहकारी कर्मीको भावना अनुरुप मैले उम्मेदवारी दिएको हु ।  लामो समय सहकारी अभियानमा लागेकोले पनि आम सहकर्मी साथिहरुको भावना बुझेर आम सहकर्मीको धारणा बुझेर र स्वयम साथिहरुले तपाई नै नेतृत्व लिनु पर्छ भनेर आउनु भएको छ । र उहाँहरुकै भनाई अनुसार संघलाई अगाडी बढाउन सक्ने र मेरो काम प्रति सन्तुष्ठ जाहेर गरेकै कारण म अध्यक्षमा होमिएको हु ।

अन्त्यमा सहकारी कर्मीहरुलाई के आव्हान गर्न चाहानुहुन्छ ।

सम्पूर्ण सहकारीकमीहरुलार्ई के आव्हान गर्न चाहान्छु भने विगतका दिनमा हामीहरु सहमती सहकार्य र एकताका लागी अडिक रह्यौं तर आज नेकपाका साथिहरु जसरी पेलेर जाने गरी चुनावी माहोल बनाउने काम गर्नु भयो , हामीलाई वायस गरेर जान खोज्नुभयो त्यसैले आम सहकर्मीहरुलाई मेरो र सम्पूर्ण टिम को के अपिल छ भने हाम्रो सम्पूर्ण टिमलाई अमुल्य मतदान गरी कास्कुनको नयाँ कार्यसमितिलाई पूर्णता दिन तपाईहरुको अमुल्य मतले विजयको सुनिश्चता गर्नुहुनेछ भन्ने विश्वासका साथ चुनावमा होमिएका छौं । साथै भोलीका दिनमा पनि संघको तर्फबाट र मेरो व्याक्ती गत तर्फबाट पनि संघको निति नियम र परिधि भित्र रहेर यहाँहरु सँग सँगै सहकारी अभियानका साथ साथै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण आम ६४० सहकारीकर्मी साथीहरुलाई मेरा नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई अत्याधिक बहुमतले विजय गराईदिनुहुन अनुरोघ गर्दछु ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु