मगर समाज अस्ट्रेलीयाले माघे संक्रान्ती भव्य रुपमा मनाउने

मगर समाज अस्ट्रेलीयाले माघे संक्रान्ती भव्य रुपमा मनाउने

आशिस तामाङ,
काठमाडौं – मगर समाज अस्ट्रेलीयाले विगतका बर्षहरुमा जस्तै यस बर्षपनि माधे सक्रांतीलाई भव्य रुपमा मनाउने भएको छ ।

१२ जनवरी २०१९ शनिवारका दिन Gough Withlam Park Payview Avenue, Earlwood मा  विभिन्न सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाउन लागेको हो ।

सांस्कृतिक कार्यक्रममा नेपाल आईडल सिजन -२ कि टप ७ निलिमा थापा मगर र हुग्गी बुग्गी की रनर अप प्रगति  पुन मगरको जोडदार प्रस्तुती रहने मगर समाजका अध्यक्ष अनिल थापा मगरले जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ अस्ट्रेलियाका अध्यक्ष अरुण तामाङ प्रमुख अतिथिको रुपमा रहने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा विभिन्न नेपाली स्वादिष्ट परिकारहरु पाईने छ भने कार्यक्रममा प्रवेशको लागी कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

आयोजकले कार्यक्रमलाई सभ्य र भव्य बनाई मनोरन्जन लिन अस्ट्रेलीयामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई सहभागीताको लागी अपिल  समेत गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु