डा. केसी १६ औं अनसनको तयारीमा,केहिबेरमै पत्रकार सम्मेलन गर्दै

डा. केसी १६ औं अनसनको तयारीमा,केहिबेरमै पत्रकार सम्मेलन गर्दै

काठमाडौं –  सरकार र डा.गोविन्द केसीबीच भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेपछि डा. गोविन्द केसी आन्दोलित भएका छन्।

बुधबार पत्रकार सम्मेलन गरेर केसीले १६ औं अनसन सुरु गर्न लागेका हुन्। केसीले इलाम नगरपालिकाको फुलगाछीमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयको पुरानो भवनमा अनसनको तयारी गरेका छन्।

सरकारसँग भएको सम्झौता विपरित विधेयक पारित भएपछि डा. केसीले १६ औं अनसनको तयारी गरेका हुन्। अपरान्ह ४ः३० बजे इलाममा पत्रकार सम्मेलन गरेर डा. केसीले अनसन सुरु गर्ने बताएका छन्।

समितिको बुधबार बसेको बैठकले प्रतिवेदन पारित गरेपछि केसीले अनसनको तयारी गरेका हुन्।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु