गोकर्णेश्वर मेयर कप :श्रेष्ठको ४ गोल सँगै गोकर्णेश्वर- १ ‘ए’ बिजयी

गोकर्णेश्वर मेयर कप :श्रेष्ठको ४ गोल सँगै गोकर्णेश्वर- १ ‘ए’ बिजयी

आशिस तामाङ,

काठमाडौं – गोकर्णेश्वर मेयर कप अन्तर्गत हिजो भएको खेलमा वडा नं १ ‘ए’ बिजयी भएको छ ।

तेस्रो दिनको अन्तिम खेल गोकर्णेश्वर नगरपालिका वडा नं ७ ‘ए’ र गोकर्णेश्वर नगरपालिका वडा नं १ ‘ए’ बीच भएको थियो। उक्त खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं १ ‘ए’ ले वडा नं ७ ‘ए’ लाइ ४-१ को गोल अन्तरले पराजित गरेको छ ।

उक्त खेलमा गोनपा वडा नं १ ए का खेलाडी भुषण श्रेष्ठले ४ गोल गर्दै टिमलाइ बिजयी बनाए ।

खेलमा गोनपा वडा नं ७ ‘ए’ का खेलाडी श्री कृष्ण श्रेष्ठले १ गोल गर्दै टिमलाई सान्त्वना दिलाए  । वडा नं ७ का खेलाडीहरुले पाएको अवसरलार्इ सदुपयोग गर्न नसक्दा टिम फराकिलो गोल अन्तरमा पराजित हुन पुग्यो ।

प्रतियोगिताको म्यान अफ द म्याच गोनपा १ ‘ए’ का खेलाडी भुषण श्रेष्ठ घोषित भए। उनलाई गोनपा – ७ का वडा अध्यक्ष केशब गुरुङले म्यान अफ द म्याच को ट्रफी हस्तान्तरण गरे ।

गोकर्णेश्वर नगरपालिकाको सहकार्य र जोरपाटी फुटबल क्लबको आयोजनामा प्रथम वडा स्तरीय गोकर्णेश्वर मेयर कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता २०७५ पौष २१ (शनिबार) बाट सुरु भएको थियो ।

गोनपा वडा नं ८ स्थित नेपालय इंगलिस पब्लिक स्कुल को खेल मैदानमा भईरहेको प्रतियोगितामा आज चौथो दिनका खेलहरु हुनेछन् ।

कुल १४ टिमले सहभागिता जनाएको प्रतियोगिता पौष २८ गते सम्म चल्नेछ।

प्रतियोगितामा प्रथम स्थान हासिलगर्ने टिमले नगद रु १ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने द्धितीय हुने टिमले नगद रु ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु