आधा किताब पढेर परीक्षा दिन बाध्य छन् कर्णालीका विद्यार्थी

कम्प्युटर अनिवार्य विषय तर कम्प्युटर छैन

आधा किताब पढेर परीक्षा दिन बाध्य छन् कर्णालीका विद्यार्थी

जुम्ला– नेपालको शिक्षा पद्धतिमा केही संशोधन परिमार्जन भएता पनि विद्यार्थी हरुले पाउने शिक्षामा भने केही फरक आएको छैन । अर्झै कर्णाली प्रदेशको कुरा गर्ने हो भने हिमाली जिल्लामा विद्यार्थीले हरेक वर्ष आधा किताब पढेर परीक्षा दिनु पर्ने बाध्यता छ ।

विद्यालयमा विषयगत शिक्षिक नहुनु र भएका शिक्षकहरु पनि नियमित विद्यालयमा उपस्थित नहुनु र विद्याललयमा आएको शिक्षकले नियमित नपढाउने मुख्य कारण आधा किताब पढेर परीक्षा दिनु परेको हो ।

महादेव आधारभूत विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र शेरबहादुर रोकाका अनुसार “गणित, सामाजिक, नेपाली र कम्प्युटर जस्ता अनिवार्य विषयको पाठ्यक्रम वर्षभरिमा पुरा हुन सक्दैन,” “तर पनि विद्यार्थीलाई परीक्षा दिनुपर्ने बाध्यता नै हुन्छ।”

कम्प्युटर विषय अनिवार्य तर विध्यार्थीहरुका लागि कम्प्युटर छैन्
विद्यालयमा कम्प्युटर विषयलाई अनिवार्य बिषयको रुपमा पढाई हुन्छ । तर विध्यार्थीहरुका लागि कम्प्युटर छैन । खाली सैद्धान्तिक रुपमा पढाएको र चित्र देखाएको भरमा परीक्षा लिनु परेको शिक्षक मदनप्रसाद उपाध्याय बताउँछन् । उनी भन्छन् “कम्प्युटरको माउस, डेक्सस्टप र मोनिटर यो हो भनेर चित्रमा मात्र देखाइने गरिएको छ, विद्यालयमा कम्प्युटर नभएका कारण प्रयोगात्मक शिक्षा दिन सकिएको छैन ।”

चित्रमा देखेकै भरमा कम्प्युटर विषयको परीक्षा दिनु परेको विद्यार्थीको गुनासो छ । उक्त विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्णबहादुर रोकायाले कम्प्युटरको व्यवस्थापन नगर्दा समस्या भएको बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु