Breaking News

गोकर्ण न्यूज पत्रिकाको निर्देशकमा रोशनबाबु श्रेष्ठ नियुक्त

काठमाडौं – गोकर्णेश्वर मिडिया हाउसद्धारा संचालित गोकर्ण न्यूज पाक्षिक पत्रिकाको निर्देशकमा रोशनबाबु श्रेष्ठ नियुक्त भएका छन् ।

गोकर्णेश्वर मिडिया हाउस संचालक समितिका अध्यक्ष हिरा लामा, प्रबन्ध निर्देशक बिकास चालसे साथै गोकर्णेन्युज परिवारका सम्पूर्ण सदस्यहरुले एक कार्यक्रम बिच समाजसेवी रोसनबाबु श्रेष्ठलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा छोटो मन्त्व्य दिदैं नव नियुक्त श्रेष्ठले देश र विदेशमा घटिरहेका घटना साथैं विकृति विसङ्गती भण्डाफोर गर्ने एउटा बलियो माध्यम संचार जगत भएकोले समाजलाई सबल र सहि प्रभावकारी सुचना दिने माध्यम पत्रिका भएकाले त्यसमा आवद्ध भएको बताए । उनले पत्रकारिता समाजको पहरेदार भएको भन्दै सरकारका काम कार्वाहीमा समेत नजरअन्दाज गर्नु पर्ने बताए । सरकारका राम्रा कामको सम्मान र सहि सुचना सम्प्रेषण गरी जनतालाई सहि सुचना दिन पत्रकारिता जगत लाग्नु पर्ने धारण व्यक्त गरे ।

पछिल्लो समय पत्रकारिता क्षेत्रमा राजनितिकरण हाबी भएको भन्दै पत्रकार र संचार क्षेत्र व्यावसायकि पत्रकारीताको धर्म अगाल्दै अगाडी बढ्नु पर्ने उनको भनाई थियो।
श्रेष्ठले गोकर्णन्यूजले चलाउदै आएको खोजमुलक पत्रकारितालाई अझ प्रभावकारी र गतिशिल बनाउन टेवा पुग्ने लक्ष्य लिएर भोलीका दिनमा समेत अझ शशत्त रुपका अगाडी बढाउने बाटोमा सम्पूर्ण टिम लागुपर्ने धारणा व्यक्त गरे ।

श्रेष्ठ गोकर्ण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष ,गोकर्ण सव रेमिट प्रालीको अध्यक्ष,बाबा गोकर्णेश्वर अटो यातायात प्रालीका संचालक साथै अभिशेक इन्टरप्राईजेजका संचालक समेत रहेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु