Breaking News

पूर्वक्रिकेट खेलाडी एलबी क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तक बजारमा

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको जीवनीमा आधारित ‘कप्तान १९९८’ पुस्तक बजारमा आएको छ ।

क्रियटिभ बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको शुक्रबार पूर्व कप्तान क्षेत्री स्वयं, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्व कप्तानहरु पवन अग्रवाल, विनोद दास र उत्तम कर्माचार्य तथा महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्यायले संयुक्त रुपमा विमोचन गरे ।

पुस्तकमा कप्तान क्षेत्रीले नेपाली क्रिकेटलाई आफ्नो बुझाईका आधारमा उतार्ने प्रयास गरेका छन् । पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानी सम्हालेका थिए ।

क्षेत्रीले नेपालमा महिला क्रिकेटको सुरुवातसँगै विकास र विस्तारमा पनि नेतृत्वदायी भूमिका निभाएका थिए । पुस्तकमा नेपाली क्रिकेटको सबै पक्षलाई समेट्ने प्रयास गरिएको बताईएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु