फेसन डिजाइनरको कलाको सम्मान गर्ने उदेश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता आयोजना हुने

फेसन डिजाइनरको कलाको सम्मान गर्ने उदेश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता आयोजना हुने

काठमाडौं– नेपाली फेसन डिजाइनरका सृजना अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्दै फेसन डिजाइनरको सृजनात्मक कलाको सम्मान गर्ने उदेश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल पहिलोपटक आयोजना हुन लागेको फेसन डिजाइनरहरु बीच प्रतिस्पर्धा रहने यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको हो । प्रतियोगिताको उद्धेश्य उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने बिजेता डिजाइनरको सृजना र प्रतिभालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने रहेको नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।

रविका अनुसार डिजाइनर अफ द इयरको बिजेता फेसन डिजाइनरले कोरियामा आयोजना हुने एलबिएमए स्टार अवार्डस् २०१९, पुणे फेसन विक २०१९ तथा फेसन एक्स्पो २०१९ मा सहभागिता जनाउँदै आफ्नो कलेक्सन प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसको अलवा ‘मिलान फेसन विक’ मा समेत सहभागिता अवसर प्राप्त गर्ने उनको भनाई रहेको छ ।

सहभागी डिजाइनरले प्रतियोगितामा स्पेशल ग्रुमिङ कक्ष, सेल्फ मार्केटिङ, फेसन उद्यम, सञ्चार, मिडिया मार्केटिङ लगायतका तालिम समेत लिन पाउनेछन् । प्रतियोगतिामा सहभागीलाई सम्बन्धित क्षेत्रका फेसन विज्ञ र जानकारवालासँग समेत अन्तक्र्रिया हुनेछन् ।

प्रतियोगिताको उत्कृष्ट डिजाइनर चयन अन्तर्राष्ट्रिय स्तरको भब्य स्टेज सेटअपका साथमा राजधानीको तारे होटलमा भव्य कार्यक्रम सहित गरिने आयोजक रुपमा सञ्चालन गरिने आयोजक नेक्स्ट मोडल्सका प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु