Breaking News

बौद्ध प्रहरीद्धारा भट्टीहरूमा छापा,हजारौँ लिटर मदिरा नष्ट

बौद्ध प्रहरीद्धारा भट्टीहरूमा छापा,हजारौँ लिटर मदिरा नष्ट

काठमाडौं – महानगरीय प्रहरी वृत्त बौद्धले अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ ।

प्रहरी नायव निरिक्षक नरेन्द्र चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौँ महानगरपालिका–६ नागेश्वरगल्ली लगाएतका विभिन्न ८ स्थानमा मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको हो ।

अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न सो कदम चालेका बौद्ध प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् ।

डिएसपी चन्दका अनुसार मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ २१ हजार लिटर,तयारी घरेलु ५ हजार लिटर ,तयारी कोदोको तोङ्वा ५ हजार ५ सय केजी, अवैध मदिरा स्थानिय कामनपा- ६ का वडा सदस्य भगवान थापा ,गोनपा वडा- ६ का अध्यक्ष रमेश अर्याल,गोनपा वडा -५ का अध्यक्ष नारायण सुवेदी ,संचारकर्मी लगाएतको रोहवरमा नष्ट गरिएको जानकारी दिए ।

छापा मार्ने क्रममा प्रहरीले ग्यास चुलो १० थान,ग्यास सिलिण्डर १९ थान,प्लाष्टिक र फलामको ड्रम १३० थान रधरेलु मदिरा बनाउन प्रयोग हुने भााडाहरु ३६ थान बरामद गरेको जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु