यूवानिलकण्ठ बूनपालाई विकास र समृद्धि गर्ने लक्षका साथ अगाडी बढेको छ-सुमित खरेल

यूवानिलकण्ठ बूनपालाई विकास र समृद्धि गर्ने लक्षका साथ अगाडी बढेको छ-सुमित खरेल

काठमाडौं – यूवानिलकण्ठ समाजका मेन्टर सुमित खरेलले  युवानिलकण्ठ समाज सामाजिक विकास लक्ष्य भेट्टाउन युवाहरुको जोस र जागरलाई सदुपयोग गर्दै बूढानिलकण्ठ नगरपालिकालाई समृद्ध बनाउने लक्ष्य लिएर अगाडी बढेको बताएका छन् ।

गोकर्णन्युज सँग कुरा गर्दै उक्त समाजक मेन्टर खरेलले युवाहरुलाई लक्षित गरी युवाहरुका जोस जागर र उनिहरुका  सिकाई र भोगाईलाई समेट्दै,पछिल्लो समय युवाहरुमा आएको नैरास्यता लाई जोसमा बदल्दै  उनीहरुलाई भोलीका दिनमा बजारका बिक्न सक्ने बनाउने उदेश्य अनुरुप समाजको उदय भएको जानकारी दिए ।

उनले समाजमा युवाहरुलाई कसरी परिचालित गर्न सकिन्छ ,समाजका समस्याहरु के कस्ता छन भन्ने बारे युवाहरुले नै ति बिषयमा अनुसन्धान गरी समाजलाई के आवश्यकता र कस्ता योजना भित्र्याउदा समाज समृद्ध र विकासको बाटोमा लान सकिन्छ भन्ने अभिप्रायले  करिब ६/७ महिना अगाडी खोलीएको समाजले समाजमा थुप्रै प्रभाबकारी काम गरेको उल्लेख गरे ।

यूवानिलकण्ठले विगतका दिनमा खुल्ला आवेदन मार्फत १३ वटा वडाबाट एकएक जना र १३ जना खुल्ला गरी करिब २६ कोटा रहेकोमा प्रभावकारी र चुस्त बनाउने उदेश्यले २१ जना मात्र छनोट गरेको  जानकारी दिए । उनले भने ‘यि २१ जना व्याक्तीहरुलाई ४ भागमा विभाजित गरी मुलत बूनपा क्षेत्रका समस्याहरुलाई केन्द्रीत गरी ४ वटा बिषय बस्तुमा अनुसन्धान गरे,जसअन्तर्गत बूनपा क्षेत्रमा फोहर संकलनको अवस्था,सांस्कृतिक सम्पदाका क्षेत्रमा नगरबाट गएको बजेटका बिषयमा ,स्वास्थ्य चौकीहरुबाट सेवा के कति लिन्छन र कृषकको चुनौतीका बारेमा अनुसन्धान गरी त्यसको प्रतिवेदन नगर प्रमुख उद्धब खरेल समक्ष हस्तान्तरण गरेका छन ‘  ।

मेन्टर खरेलले समाजले गरेका कामहरुको जानकारी गराउदै  समाजले सुरुवाती चरणमा विरुवा रोप्ने कार्य ग¥यो,रणनैतिक कार्यक्रम अन्तर्गत बल्ड डोनेसनका कार्यक्रम भएको र जनताको उल्लेख्य सहभागी रह्यो, संविधानको  दिवसको अवसरमा  नगर सरसफाई कार्यक्रम गर्दा जनता र विभिन्न महिला संघ संस्था र विभिन्न क्लबको सहयोगमा नगर पुरै सरसफाई हुनुका साथसाथै यस क्षेत्रमा रहेका विभिन्न जाती धर्म,भेषभुषा, संस्कार संस्कृतिलाई एक अर्काको अपनत्व गर्ने अभिप्रायले सांस्कृतिक प्रदर्शनी समेत गरेको भन्दै आगामी माघ  ५ र ६ गते कृषी क्षेत्रलाई लक्षित गर्दै अर्गानिक हाट बजार गर्ने तयारी रहेको समेत जानकारी दिए ।

समाजमा आवद्ध एंवम् अनुसन्धान कर्ताका एक सदस्य निमेस थापाले यस कार्यक्रममा सहभागी हुँदा नगरपालिका भित्रका समस्याहरु पहिल्याउन अवसर मिलेको साथै आफुमा समेत बोल्न सक्ने र केहि गर्न सक्ने आट आफुमा जागृत भएको बताए । उनले आफुहरुले अनुसन्धानबाट यस क्षेत्रका पुराना जात्राहरु, पर्यटकीय स्थलहरु ,पारम्पारीक भाषाहरु लोपहुदै गएको भेट्टाएको बताउदैं यस्ता संस्कृति र क्षेत्रहरुलाई राज्य निकायबाटै संरक्षण सम्वर्धन गर्नु पर्ने प्रतिवेदनमा सुल्झाएको बताए ।

थापाले सामाजिक विकास,पर्यटन  प्रर्वद्धन र युवाहरुलाई जागृत गराउने कार्यक्रमहरुमा सहभागी भई हिड्न पाउने अवसर प्रदान गरेकोमा आयोजक  युवानिलकण्ठ, बूनपा नगरपालिका र मेन्टर सुमित खरेललाई धन्यावाद प्रकट दिए  ।

अर्का सदस्य  अशोक थापाले  यस कार्यक्रमले आफुहरुमा आत्मवल बढाउने साथै डिजिटर बजारका समेत कसरी बिक्न सकिन्छ र भोलीका दिका के कस्ता कार्य गर्न सकिन्छ भन्ने जस्ता अनुभव साथै तालिम दिएको भन्दै यस्ता अवसरहरुमा सहभागी हुन समेत सबैलाई अपिल गरे । उनले आफुमात्र नभई समाज र समाजका समस्यालाई औल्याएर कसरी सुल्झ्याउन सकिन्छ भन्ने तर्फ समेत यस समाजले कार्यक्रमहरु केन्द्रीत गरेको बताए ।

थापाले भने ‘कलेजमा थेउरी पढिन्छ तर प्रयोगात्मक हुदैंन तर यस कार्यक्रमा सहभागी भएपश्चात यस्ता कार्यहरुमा समेत मौका मिलेको छ ,पढाई सँगसँगै काम गर्न सक्ने क्षमता विकास भएको छ ‘। यस क्षेत्रलाई समृद्ध र समुन्नत बनाउन हामी युवाहरु सक्रिय भएर नगरका समस्या पहिल्याई नगर समक्ष राख्ने र नगरलाई समेत अझ सक्रिय बनाउने कार्यमा लाग्न सके छ्टिै नगरलाई अझ विकास गर्न सकिने थापाको भनाई थियो ।

समाजले गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले छनोट भएका २१ जनालाई तालिम दिनुका साथै नगर प्रमुख उद्धब खरेल र वडाअध्यक्षहरुको सहभागीतामा सामुहिक छलफल गर्दै काम गर्दाका भोगाई र अनुभव समेत साटासाट गरेका थिए ।

समालले केही समय भित्रमै यस्तै तालिम तथा  यूवा लक्षित कार्यक्रमहरुका  लागी आवेदन खुल्ला हुने जनाएको छ ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु