Breaking News

बूनपा वडा ५ लाई अरु वडाको तुलनामा २ गुणा राम्रो बनाउने बाटोमा छु- अध्यक्ष तमाङ

काठमाडौं – बूढानिलकण्ड वडा नं ५ का वडा अध्यक्ष विजय लामाले जनताको साथ र सहयोग पाए आफ्नै कार्यकाल भित्र वडालाई समृद्धि बनाउन सक्ने क्षमता आफुमा रहेको बताएका छन् ।

गोकर्णेन्युज सँग कुरा गर्दै अध्यक्ष तामाङले बूनपा अरु वडाको तुलनामा यस ५ नम्बर वडाको क्षेत्र धेरै भएता पनि जनताको साथ सहयोग भएमा अरु वडाको तुलनामा २ गुणा राम्रो वडा बनाउने प्रबिद्धता व्यक्त गरेका छन् । उनले जनताले आफ्नो र मेरो काम हो भन्न कुरालाई ख्याल राखेर अगाडी बढे वडालाई छिट्टै विकास र समृद्धिको गतीमा  आगाडी बढाउन सकिने बताएका छन्. ।समाजलाई केहि गर्न पर्छ भन्ने जोस जागर बोकेका अध्यक्ष विजय लामा सँग गरिएको अन्तर्वाताको सम्पादित अशं:

स्थानिय सरकार संचालनमा आएको करिव डेढ बर्षको अवधिमा के- कस्ता कामहरु गर्नुभयो ?
हिजोको अवस्थामा पुस १५ /२० मो मध्यमा जसरी योजना तर्जुमा हुन्थे, र योजना तर्जुमा भएपनि कामहरु ढिलासुस्ती हुने र जनताका प्रतिनिधि नहुदा जनताका खास समस्या र आवश्यता परिपुर्ती नहुने साथै ,जनतालाई कुन योजना कति बजेट विनियोजित भयो भनेर थाँहा नहुने र जिविसबाट ३३ %  काम मात्र हुने स्थितीको अन्त्य भएको छ । म निवार्चित भएपश्चात जनतालाई स्वतन्त्र रुपमा उपस्थित गराएर योजना तर्जुमा गरिएको छ । वृहत रपमा सामाजिक आर्थिक रुपान्तरणका लागी सहज रुपमा जनताका माग आवश्यताहरुलाई मध्यनजर गर्दै साविक वडा ७,८,९ का क्षेत्रमा खानेपानी बाटोघाटो समस्यालाई समाधान गर्ने कार्यमा लागेका छौ् । माथिल्लो चिसेनी, तल्लो चिसेनी ,डाडागाँउ,श्रिनगरटोल,नारकोन नेपाल ,पासिकोट, लाकुरी लगाएतका क्षेत्रलाई प्राथमिकता राखेर अगाडी बढेको छु ।
हामी जनप्रतिनिधिका लागी सानो पनि काम हो ठुलो पनि काम हो सबैका लागी समान रुपले हरेर गरेका छौं । विगतमा ५/६ लाखको बजेट जान्थ्यो, अहिले २०/२५ लाखका वजेट पु¥याउन सक्ने भएका छौ । म घेरै भन्दीन २र/३ बर्षमा एक देखि अर्को टोललाई पक्की सडकमा रुपमा विस्तार गर्दै दुलाल टोल लगाएत वडाका सम्पूर्ण ठाँउलाई पक्कि  बाटोमा विस्तार गर्ने कार्यमा लागेको छु । डाँडागाँउ ३५ लाख भित्र्याएको छु । जनतालाई नै स्वामित्व हस्तान्तरण दिएर काम गर्न लगाएको छु ।

स्थानिय सरकार आए पश्चात वडा कार्यलयहरुमा झनै भष्ट्रचार मौलाउदै गएको छ, यहाँको वडामा कस्तो  छ ?

विगतका दिनमा जनप्रतिनिधि नहुदा भएका होलान तर म निवार्चित भएर आए पश्चात मेरो वडा भित्रको सवालमा त्यस्तो केही भएको छैन् र म हिजो पनि जनताकै सेवामा समर्पीत भएको मान्छे,भष्ट्राचारको विरुद्ध लागेको मान्छे,म मेरो क्षेत्रमा त्यस्तो हुन दिन्न र मलाई लाग्छ मेरो समाजमा त्यस्ता मान्छे पनि छैनन् भन्नेमा विश्वस्त छु । मेरो वडाको सवालमा जनताले पनि आफ्नो अपनत्व महसुस ओस भनि २० प्रतिसत जनताकै श्रमदान हुने हुँदा भष्ट्रचारको गुन्जायस नै आएको छैन ।

सिंहदरवारको अधिकार घर-घरमा नाराले जनतालाई कतिको छोएको छ ?

अवश्य पन सिंहदरवारको अधिकार घर-घरमा नाराले जनतालाई छोएको पाएको छु । जनताको अधिकार जनताले सहज रुपमा प्रयोग गर्न पाएका छन् । म गर्छु समाजलाई मेरो अधिकार समाज र राष्ट्रमा के दायित्व छ भनेर सामाजिक आर्थिक रुपान्तरणमा छलाङ् मार्छु भनेर जो व्याक्ती हिड्छ वा भनौ आफ्ना समस्या समाजका समस्या उजागर गर्ने अधिकारको खोजि गर्ने मान्छेलाई ,पारदर्शी ढङगबाट अगाडी बढ्ने मान्छेलाई अधिकार घरघरमै आएको छ र जनताले त्यसको अनुभुती पनि गरेका छन् । स्पस्ट रुपमा जनतालाई जानकारी दिन जनप्रतिनिधिले सहज वातावरण बनाईदिने हाम्रो दायित्व हो र म त्यसमा कटिबद्ध छु।

वडा ५ का मुख्य चुनौतीहरु के के छन् ?

बूनपाको सबै भन्दा ठुलो वडाको रुपमा रहेको यस वडाका धेरै चुनौती छन् । ७.७७ वर्ग स्क्र्वार ओगटेको क्षेत्रमा अवसर र चुनौती दुवै छन् ।
खानेपानी समस्या,बाटोघाटोको समस्या,स्वाथ्यको समस्या लगाएत धेरै समस्या छन् । हामी सुर्यको मुखमा बसेर अध्यारोमा बसेको जस्तो अवस्था सृजना भएको छ ,यसको  अन्त्यको लागी हामी समुदाय जनता जागरुक भएर आफ्नो गाँउ आफै बनाऔं भनेर सबै लागेको खण्डमा चुनौतिहरुलाई सहज रुपमा पार गर्न सक्छौं । हामी खानेपानीको मुखमै बसेर अरुको मुख ताक्दा आज आफै पछि परेका हौं कि, अथवा सामाजिक काममा हामी सेलाएका हौं कि भन्ने हो ।  खानेपानी समस्या समाधान गर्न ७०/८० हजार लिटर को ट्याङकीको निमार्ण गरेका छौं ।वितरण प्रकृया केहि ढिलो भएको छ बिष्णुमती नदिको पुल निमार्णमा ठेकेदारी ढिलाईका कारण केहि ढिला हुन गएको छ र त्यो पुल निमार्ण पश्चात खानेपानी वितरण प्रकिया अगाडी बढ्ने छ ।

वडा भित्र समान रुपले वजेट वितरण गर्नु भएको छ ?

हाम्रो तिनवटा साविक वडा ७, ८, ९ लाई समान रुपले वितरण गरेका छौं। कुनै क्षेत्रलाई वढि र कुनैलाई कमी गराएका छैनौं। आवश्यता र समस्या अनुरुप समान रुपमा वितरण गरिएको छ । म आफैले भन्नन भन्दा पनि नगरपालिकाले बनाएको बुकलेटमै स्पस्ट छ । हाम्रोलाई होईन राम्रोलाई अगाडी बढाउनु पर्छ भनेरै जुन ठाँउका जनता छन् उनिहरुलाई नै सक्रियता बनाएर अगाडी बढाएका छौं ।

जनताका मागहरु के के छन ?

सिंहदरवारको अधिकार घरघरमा नारा अनुरुप नै आफ्ना माग आवश्यताहर बाटो खानेपानी, जिविको पार्जन, कृषि शिक्षाका क्षेत्रमा, महिला उधमिका सवाल लगाएतका समस्याहरु आएका छन् । मेरो प्रयासले भ्याए सम्म संमग्र मागहरु संवोधन गर्ने प्रयास गरेको छु ।शिक्षाको क्षेत्रमा अनाथ, गरिब बिधार्थीहरुले पढ्न बाट बञ्चित हुन नपरोस भनेर यहाँका सरकारी विधालयमा उनिहरुको पढाईलाई टेवा पुग्ने हिसाबले बजेट विनियोजित गरेको छु र करिब ७० /८० गरिब तथा अनाथ बालबालिका लाभांवित्त भएका छन् ।

वडा अध्यक्षको भुमिकामा रहदा कस्ता चुनौती झेल्नु परेको छ ?

हिजो म नागरिक समाजको अगुवाई गर्दाका बगत पनि पानीका समस्या,पार्टी पौवा ,घाट, स्तुपा निमार्ण बत्ति लगाएतका समस्यामा मै केन्द्रीत भईन्थ्यो र त्यसो गरेर हिडिरहदा हिजोको समयमा समुदायका समस्या लाई जिविसमा  लगिरहदा जिविसका कर्मचारीहरुले काम नगरिदिने लगाएतका यावत समस्या झल्नु परेका पिडाहरु छन् । हिजो ७ /८ चोटी जानुपर्ने काम अहिले फोनको भरमा काम गर्न सकिएको छ ।जनताको अधिकारको लागी स्थानिय सरकार ऐनले केहि अधिकार प्रदान गरेको छ , अहिले सहज बतावराउमा जनताका काम गर्न सकिएको छ ।आफु अरोरात्र खटिएर लागेकोले जनताको साथ पाएको छु र अझै साथ दिनुभयो भने म अरु वडाको तुलनामा २ गुणा राम्रो बनाउने लक्ष र उदेश्यका साथ हिडिरहेको छु र वडालाई विकास र समृद्धिको बाटोमा डो¥याउने कोसिसमा लागिपरेको छु । चुनौतीलाई अवसरका रुपमा ग्रहरण गदै अगाडी बढे सफल  भईन्छ भन्नेमा विश्वस्त छु ।

अन्त्यमा वडावासीलाई के भन्न चाहानुहुन्छ ?

सम्पूर्ण वडाबासीको देन साथ सहयोगले यो स्थानमा छु ।  तपाईहरुका माग र अधिकारलाई सम्बोधन गर्दै समाजलाई सामाजिक आर्थिक रुपान्तरणको विकासमा अगाडी बढाउने कार्यमा अरोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईहरुको साथ र सहयोगले मात्रै ५ बर्ष होईन ३ बर्ष भित्रमै यस वडालाई समृद्ध र सम्पन्न बनाउन सकिन्छ,आ आफ्नो दायित्व र कर्तव्यलाई निर्वाह गर्दै हातेमालो गर्दै अगाडी बढ्न सबैलाई अपिल गर्दछु । नमस्कार

वडा समाचारहरु

सम्बन्धित समाचारहरु