Breaking News

रमेश विकल साहित्य प्रतिष्ठान भवन निर्माण तथा विकल स्मृति सङ्ग्रहालयको उद्घाटन

काठमाडौँ – नेपाली आख्यान साहित्यका विशिष्ट प्रतिभा रमेश विकलको नाममा स्थापित रमेश ‘विकल साहित्य’ प्रतिष्ठानको भवन
निर्माण तथा विकल स्मृति सङ्ग्रहालयको उद्घाटन गरिएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उक्त संङग्रहालयको उद्घाटन गरेका हुन ।

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित विकलको पुर्खौली थलोमा निर्माण गरिएको हो । भवन निर्माणसहित आन्तरिक साजसज्जाको काममा रु एक करोड ४८ लाख ५० हजार खर्च भएको प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिएका छन् ।

भवन निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई आर्थिक वर्षमा गरी रु ७० लाख सहयोग प्राप्त भएको थियो । राष्ट्रिय योजना आयोगबाट रु पाँच लाख, काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु ४० लाख सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाबाट रु १८ लाख, दाता प्रभात लामा र गोपाल दङ्गालबाट एकमुष्ट रु १५ लाख तथा प्रतिष्ठानका महासचिव विजय चालिसेबाट पनि रू ५० हजार प्राप्त भएको थियो ।

पुस १४ गते शनिबार रमेश विकल साहित्य प्रतिष्ठानको ११ औँ स्मृति दिवस तथा १२औँ साधारणसभामा भवनको उद्घाटन हुनुको साथै विकलका नाममा स्थापित विभिन्न पुरस्कार वितरण गरिएको प्रतिष्ठानका महासचिव चालिसेले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पर्यटन मन्त्री रवीन्द्र अधिकारी रहेका थिए भने बिशेष अतिथिमा प्रतिनिधि सभा सदस्य कृष्ण राई,पूर्वमन्त्री अम्बिका बस्नेत,प्रदेश सभा सदस्य रामेश्वर फयाँल,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,शहिद पार्क अध्यक्ष सुदर्शन सिग्देल,गोनपा प्रमुख सल्लाहकार दिपक रिसाल, साहित्य सदन नेपालका अध्यक्ष अमिर थापा, प्रतिष्ठानका अग्रजहरु, विभिन्न संघ संस्था लगाएतको उपस्थिती रहेको थियो ।

कथा र उपन्यासमार्फत् नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिनुभएका विकलको चित्रकला र सङ्गीतमा पनि विशेष रुची थियो । ‘अबिरल बग्दछ इन्द्रावती’ ‘नयाँ सडकको गीत’ ‘आज फेरि तन्ना फेरिन्छ’ जस्ता कालजयी रचनाका श्रष्टा विकल लेखनसँगै सम्पादनमा पनि सक्रिय थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु