‘फेस अफ द नेसन’ २०१९ को ओरिन्टेसन क्लास भव्यताका साथ सम्पन्न

‘फेस अफ द नेसन’ २०१९ को ओरिन्टेसन क्लास भव्यताका साथ सम्पन्न

आशिष तामाङ,

काठमाडौँ – नेपालमानै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले फेस अफ द नेसन २०१९ ( मेल एण्ड फिमेल) ‘राष्ट्रका अनुहार’ प्रतियोगिताको आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिताको ओरेण्टेशन क्लास भब्यताको साथ सम्पन्न गरेको छ ।

फेस अफ द नेसन २०१९(मेल एण्ड फिमेल) को ओरेण्टेसन क्लासमा इभेन्ट निर्देशक सिर्जना महतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा समाजसेवी प्रकाश कुमार श्रेष्ठ अतिथिहरु नायिका सुभेक्षा थापा, अभिनेत्री कबिता शर्मा, जादुगर तथा हास्य कलाकार महादेव त्रिपाठी, चलचित्र निर्देशक मुस्कान ढकाल, गायक भरत समारी, साहित्यकार अंचल बान्तवा, बहुप्रतिभाका धनि बासुदेब खनाल,कोरियोग्राफर मोडल संजय राजबिक्रम, मोडल ज्योति प्रसाई लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त अबसरमा उपस्थित अतिथिहरुले आफ्नो आफ्नो अनुभब तथा चलचित्र, मोडलिङको बारेमा प्रतिस्पर्धीहरु संग अनुभब साटासाट गरेका थिए ।

सयौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्बाह गरेर सौन्दर्य प्रतियोगितामा लामो अनुभब बटुली सकेका संचारकर्मी, कलाकार तथा क्रियटिभ इन्साइट मिडिया प्रालिका अधक्ष्य सुर्य चन्दको आयोजनामा हुन लागेको यस प्रतियोगितमा मोडल तथा नर्सिङ डाइरेक्टर सिर्जना महत कार्यक्रम निर्देशक रहेकी छिन ।

भबिष्यमा नेपाल बाट अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिदै आएको क्रियटिभ इन्साइट मिडिया प्रालिका अधक्ष्य सुर्य चन्दले बताए ।

क्रियटिभ इन्साइट मिडिया प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक युवा तथा युवती प्रतियोगीहरुले क्रियटिभ इन्साइट मिडिया प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्मका तथा बिबाहित अबिबाहित दुवै युवा युवती प्रतियोगीहरुले भाग लिन पाउनेछन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन। साथै बिजेतालाई रु २५,००० नगद सहित आकर्षक अन्य पुरस्कार समेत प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ करिब एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहितका गतिविधीमा समेत सहभागि गराइने आयोजक सस्थाले जानकारी दिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु