कागेश्वरी मनोहरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

कागेश्वरी मनोहरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं -सुशासन प्रर्वद्धनका लागि कागेश्वरी मनोहरा नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सोच नेपालको आयोजनामा भएको कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि सहित करिब ३० जनाको सहभागितामा नगरपालिका क्षेत्रमा क्रियाशील १५ भन्दा बढी संघ संस्थाका प्रतिनिधिलाई सामाजिक जवाफदेहिताका औजारहरुको जानकारी गराइएको हो ।

सार्बजनिक निकायबाट प्रवाह हुने सेवा प्रवाहमा नागरिकको पहुँच तथा नगरपालिकालाई सुशासनमैत्री बनाउन नागरिक समाज संस्थालाई सशक्तिकरण गर्न सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सोच नेपालका उत्तम निरौलाले बताए ।

कार्यक्रममा सामाजिक जवाफदेहिताका मुख्य गरी चार वटा औजार सुचनाको हक, सार्बजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण तथा सार्वजनिक लेखा परिक्षण बारे अभिमुखीकरण गरिएको हो ।

सहभागीमूलक कार्य समुह नेपानका बिज्ञ गोबिन्दराज पौडेलले संयन्त्रहरुको बारेमा जानकारी दिएका थिए । ।

कार्यक्रममा कृषि तथा सहकारी विज्ञ रमेश पौडेलले कागेश्वरी मनोहरा नगरपालिकामा कृषिको सम्भाव्यता तथा बजार व्यवस्थापनमा सहकारीको भूमिका बिषयमा प्रस्तुति दिएका थिए ।

कागेश्वरी मनोहरा नगरपालिकाका सल्लाहकार भरतप्रसाद फुयालले यस किसिमका कार्यक्रमले नागरिकमा जानकारी तथा क्षमता बृद्धि भई शुसासन तथा पारदर्शिताको बिषयमा चासो राख्न र आवाज उठाउन सहयोग पुग्ने विश्वास लिए ।

उक्त कार्यक्रममा नगरपालिकालाई शुसासनमैत्री बनाउन नागरिक समाज संस्थाको भूमिका बारेमा समेत छलफल भएको थियो ।

सोच नेपालले कागेश्वरी मनोहरा नगरपालिकामा पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि लगायतका जनसरोकारका विषयमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु