Breaking News

तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा

तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा

काठमाडौँ- तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा आएको छ । नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताएका छन् ।

“कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ”, उनले भने । प्रयोगशाला सञ्चालनमा आएसँगै एक लाख नागरिक यो सेवाबाट लाभन्वित भइसकेको प्रमुख गिरीले बताएका छन् ।

स–साना स्वास्थ्य समस्यामा पनि नगरपालिका नागरिकले सास्ती खेपिरहेको अवस्थामा नगरको प्रत्येक वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै धेरैलाई राहत मिलेको तारकेश्वर–९ का वडाध्क्षय बलराम सिटौलाले बताएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु