७ करोडको लागतमा आधुनिक वागमति नगर खुल्ला क्षेत्र पार्क बन्ने

७ करोडको लागतमा आधुनिक वागमति नगर खुल्ला क्षेत्र पार्क बन्ने

काठमाडौं – काठमाडौं महानगरपालिकको वडा नं ६ मा आधुनिक वागमति नगर पार्क बन्ने भएको छ ।

वागमति नगरखुल्ला क्षेत्र संरक्षण तथा विकास समाजले वागमती नगर खुल्ला क्षेत्र पार्क निमार्णको नक्सा एक कार्यक्रम बिच सार्वजनिक गरेको छ ।

प्रमुख अतिथिका रुपमा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई,बिशेष अतिथि काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य ,अतिथि कामनपा वडा -६ का अध्यक्ष दिपेन्द्र लामा,कामनपा कार्यपालिका सदस्य पासाङ्ग हेल्मो लामा लगाएतको उपस्थितिमा  वागमती नगर खुल्ला क्षेत्र पार्क निमार्णको नक्सा सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य कृष्ण राईले पार्क निमार्णको जिम्मेवारी महानगरपालिकाले लिनुपर्ने बताए । उनले स्थानिय सरकारले नै यस्ता जग्गालाई संरक्षण गर्नु पर्ने जिम्मेवारी पाएको भन्दै पार्क निमार्ण कार्यलाई सबैले सहयोग गरी संरक्षण एंव्म सम्वद्धन गर्ने जिम्मा पनि स्थानिय को भएको हुदा पार्क निमार्णमा सबैको सुझाव सल्लाह बमोजिम नै पार्क निमार्ण गरिने बताए ।

कामनपा प्रमुख विद्या सुन्दुर शाक्यले आफ्नो २ बर्षे कार्यकालमा धेरै कामहरु भएको दावी गरे । उनले आफ्नो ५ बर्षे कार्यकालमा अझै धेरै काम गर्नु पर्ने भन्दै छिमेकी नगरपालिकाहरु सँग सहकार्य र संमन्वय गरी काठमाडौंलाई नमुना शहर बनाउने बाटोमा महानगरपालिका लागेको बताए । प्रमुख शाक्यले यस पार्क निमार्णका सम्बन्धमा सबै मिलेर आए महानगरले कुनै कन्जुस्याई नगरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कामनपा कार्यपालिका सदस्य पासाङ्ग हेल्मो लामाले विश्व सम्पदा सुचिमा सुचिकृत पशुपति र बौद्धको बिचमा बन्न लागेको पार्कले हिन्दु धर्मालम्वी र बौद्ध धर्मालम्वीको मिश्र्रित परम्परालाई समेट्ने गरी पार्क निमार्ण गर्न लागिएको जानकारी गराए । उनले बैधिक काल देखि मान्दै आएको बास्तु शास्त्र अनुसार ९ वटा ग्रहहरु समावेश गरी आधुनिक पार्क निमार्णको लागी नक्सा बनाएको जानकारी गराए । उनले वास्तुशास्त्र अनुसार डिजाईन गर्दा सर्वसम्मत हुने र स्थानिय जनताहरुको सुझाव सल्लाह बमोजिम अगाडी बढ्ने बताए ।

त्यस्तै वागमति नगर खुला क्षेत्र संरक्षण तथा विकास समाजका अध्यक्ष ठाकुर बास्कोटाले हिन्दु धर्मको वास्तु शास्त्रलाई समेत ध्यानमा राखि वास्तु शास्त्र अनुरुप पार्कको डिजाईन गरिएकोे त्यसै अनुरुप आधुनिक पार्कको निमार्ण गर्न लागीएको जानकारी दिए । उनले उक्त ठाँउलाई व्यवस्थित गर्ने उदेश्यले खुला पार्कको अवधारण अगाडी सारेको जानकारी गराए । अध्यक्ष बास्कोटाका अनुसार आधुनिक पार्क बालमैत्री,अपाङ्गमैत्री,साथै हिन्दुधर्म र बौद्ध धर्मको संगम स्थलको रुपमा समेत विकसित गर्ने उदेश्यले पार्क निमार्णको तयारी भएको बताए । उनले पार्कको वालमा बुद्धका ५ वटा मुर्ती समेत समावेश गर्ने गरी पार्क निमार्णको डिजाईन भएको बताए ।

आधुनिक पार्क १४ रोपनी क्षेत्रफलमा हुने जनाईएको छ भने पार्क निमार्ण गर्न ७ करोडको लागत अनुमान गरिएको छ।

वागमती नगर खुल्ला क्षेत्र पार्क निमार्णको लागी आर्थिक सहयोग महानगरपालिकाले गर्नेछ ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु