नेपाली हेयर स्टाइलिस्ट निललाई एसिया प्राइड अवार्ड

नेपाली हेयर स्टाइलिस्ट निललाई एसिया प्राइड अवार्ड

काठमाडौं- नेपाली हेयर स्टाइलिस्ट निल डेभिड कटुवाल भारतमा पुरस्कृत भएका छन् ।

एन्टी करप्सन फाउन्डेसन भारतले नयाँ दिल्लीस्थित कर्नाल हरियाना विवान रिसोर्टमा एक समारोहबीच कटुवाललाई ‘एसिया प्राइड अवार्ड’ ले पुरस्कृत गरेको हो ।

बलिउड अभिनेता राजा मुरादले कटुवाललाई सो पुरस्कार प्रदान गरेका छन् । भारतमा सेवा पु¥याउँदै आएका विभिन्न देशका फेसन डिजाइनर, हेयर स्टाइलिस, व्यापारी, समाजसेवीसहित २५ जनालाई उनीहरूका योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष नरेन्द्र अरोराले बताए । यो अवार्डका लागि नेपालबाट निल डेभिड छानिएका हुन् ।

फाउन्डेसनका अध्यक्ष नरेन्द्र अरोराले निलले झापाको लक्ष्मीपुरजस्तो सानो गाउँमा नेपाली समाजले सजिलै स्वीकार नगरेको कपाल काट्ने पेसालाई अँगालेर भारतमा समेत सेवा गर्दै आएका कारण पुरस्कृत गरिएको बताए ।

उनले डेढ दशकअघि काठमाडौं पहिलोपटक अत्याधुनिक सेवायुक्त युनिसेक्स सलुन सञ्चालन गरी यसको ५० भन्दा बढी शाखा नेपाल र भारतमा खोलिसकेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु