Breaking News

निर्मला हत्या प्रकरणः प्रदीप रावल पक्राउ परेसँगै अनुसन्धान साँधुरिएको प्रहरीको दावी

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान साँघुरिदै गएको प्रहरीले दावी गरेको छ । हत्या प्रकरणमा जोडिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार काठमाडौंबाट २२ वर्षका एक युवालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उनै यूवामार्फत निर्मला हत्या प्रकरणको पटाक्षेप हुने विश्वासमा छ ।

चार जनाको डीएनए परीक्षण, २ सय ५० बढी व्यक्तिसँगको बयान, कल डिटेल रेकर्डको अध्ययन र आधा दर्जन अनुसन्धान समिति सक्रिय भएपनि चार महिनासम्म निर्मला हत्या प्रकरण रहस्यमै रह्यो । हत्यारा उम्काउन खोजिएको भन्दै सुरुदेखि नै आलोचनाको केन्द्रमा रहेको प्रहरीले मंगलबार काठमाडौंको महाराजगन्जबाट एक युवकलाई पक्राउ गर्यो । पक्राउ परेकोको नाम नखुलाएपनि प्रहरी निर्मलाको हत्यामा उनै सम्लग्न रहेको निश्कर्षमा पुगेको छ । स्पष्ट खुलाउन नचाहने प्रहरी अनुसन्धान भइरहेको बताउँछ ।

सिआईबीको उच्च स्रोतका अनुसार पक्राउ परेका प्रदीप रावलले अभियोग स्वीकार समेत गरिसकेका छन् । तर, दिलिपसिंह विष्टलाई जबरजस्त अपराधी करार गराउन खोजीपछि आलोचित बनेको प्रहरीले रावलको डीएनए परीक्षणका लागि पठाएको छ । डीएनए परीक्षणको रिपोर्ट तीन दिनमा आउने बताइएको छ ।

महेन्द्रनगरको एक वर्कसपमा काम गर्ने २२ वर्षीय प्रदीप निर्मलाको शव भेटिएको दिनदेखिनै वेपत्ता थिए । चार महिनासम्म भारतमा रहेका रावल केही दिनअघि मात्रै काठमाडौं आएको प्रहरीको दावी छ । सुरुवातदेखि नै शंका गरिएका रावलले पक्राउ परेपछि अभियोगसमेत स्वीकारेको दावी छ ।

प्रहरीले महानिरीक्षक सर्वेन्द्र खनालकै उपस्थितिमा रावलसँग बयान लिएको छ । उनकै बयानका आधारमा प्रहरी निर्मला प्रकरणमा अनुसन्धानको दायरा साँघुरिदै गएको निश्कर्षमा पुगेको हो । रावलकै बयानका आधारमा कञ्चनपुरबाट पक्राउ गरिएका केही यूवालाई पनि काठमाडौं ल्याइएको छ । तर, प्रहरीले पक्राउ परेका रावल र जारी अनुसन्धानबारे खुलाएको छैन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु