Breaking News

‘ए’ डिभिजन लिगः त्रिभूवन आर्मी क्बल र फ्रेण्ड्स क्लबले अंक बाँडे

काठमाडौं– ए डिभिजन लिगको आज भएको खेलमा त्रिभूवन आर्मी क्लब र फ्रेण्ड्स क्लबले अंक बाँडेका छन् । खेलको पहिलो हाफको १४ औं मिनेटमा टंक बस्नेतको प्रहारलाई फ्रेण्ड्स क्लबका गोलरक्षक देव लिम्बूले बचाए । त्यस्तै २० औं मिनेटमा टंककै प्रहारलाई देवले पुनः विफल तुल्याए ।

३६ औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलरक्षक देवले पुनः बचाएर एकपछि अर्को गर्दै आर्मीका खेलाडीलाई निरुत्साहित तुल्याएका थिए । ३७ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कप्तान टेकबहादुर बुढाथोकीको हेड प्रहारलाई अनिल महर्जनले गोललाइनबाट बचाए । ३९ औं मिनेटमा विमल पाण्डेको हेड पनि पोष्टमा लाग्दा आर्मी अभागी सावित भएको थियो । ५४ औं मिनेटमा टेकबहादुरको पासमा दिनेश हेम्जनको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो । ६४ औं मिनेटमा फ्रेन्ड्सका सञ्जोग महर्जनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार दिनेश हेम्जनले गोललाइन नजिकबाट बचाए । योसँगै आर्मीको ६ खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक बटुलेको छ ।

आर्मी अंक तालिकामा चौथो स्थानमा छ । यता फ्रेण्ड्सले भने ६ खेलमा ५ अंक जोडेको छ । त्यस्तै आजनै भएको अर्को खेलमा व्रिगेड बोईज क्लव र मछिन्द्र क्लवबीचको खेल पनि गोल रहित बराबरीमा टुंगिएको छ । निकैनै प्रतिष्पर्धात्मक खेलको निर्धारित समयस सम्म दुवै टिमबाट गोल हुन नसक्दा दुवै टिमले एक एक अक बाँडेका छन् । बीबीसी ३ अँक सहित लिगको १२ औ स्थानमा हुदा एमएफसी ३ अंक सहित १३ औ स्थानमा छ । छैटौ चरण सकिदा सम्म मनाङ १८ अक सहित लिगको लिगको शीर्ष स्थानमा कायम छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु