Breaking News

यस्तो छ इपिएल ट्रफी (फोटोफिचर)

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को ट्रफी बिहिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्गस् ११, ललितपुर प्याट्रिअट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ ।

पृथु वास्कोटाको कप्तानीमा चितवन टाइगर्स, शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्स, पारस खड्काको कप्तानीको विराटनगर वारियर्स, सोमपाल कामीको कप्तानीमा काठमाडौँ किङ्स–११, ज्ञानेन्द्र मल्लको कप्तानीमा ललितपुर प्याट्रियस र स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरको कप्तानीमा पोखरा राइनोज मैदानमा उत्रने छ ।

उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिअट्सबीच प्रतिस्पर्धा हुनेछ ।

राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई–दुई खेल हुनेछन् ।

यस पटक विदेशी खेलाडी र चियरलिडर्सले इपीएललाई भव्य बनाउने आयोजकहरुको दाबी छ ।

हेर्नुहोस तस्वीरमाः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु