Breaking News

पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट सफाइ

पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट सफाइ

काठमाडौं– भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सफाइ पाएका छन् ।

बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।

विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु