Breaking News

अज्ञात समूहले एक व्यक्तिको सात लाख लुटियो

लहान– सिरहाको पेट्रोल पम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् । अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट भएको हो।

प्रहरीका अनुसार गोलबजारस्थित ज्योति विकास बैंकबाट रकम झिकेर बा ५५ प ४३५५ नम्बरको मोटरसाइकल चढेर आइरहेका धनगढीमाई नगरपालिका–१० निवासी २३ वर्षीय चितकुमार कामैतसँग रहेको नगद सात लाख लुटिएको छ ।

गोलबजारबाट लहानतर्फ आउने क्रममा अनटेस्ट लेखेको रातो रङको अपाची मोटरसाइकलमा आएका अपरचित दुई व्यक्तिले झोलामा रहेको उक्त नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु