Breaking News

यस्तो बन्यो सुशान्त र साराको ‘केदारनाथ’

एजेन्सी– गत बुधबार फिल्म ‘केदारनाथ’को मुम्बईमा स्पेशल स्त्रिनिङ गरिएको छ । अभिषेक कपुरको निर्देशनमा बनेको यो फिल्ममा सुशान्त सिंहराजपुत र सारा अली खान मुख्य भुमिकामा छन् । साराको यो डेब्यु फिल्म हो । फिल्मको मुम्बई स्क्रिनिङमा बलिउडका युथ ब्रिगेडका साथै चर्चित कलाकारहरु उपस्थित भएका थिए ।

यसका साथै ‘केदारनाथ’ हेरिसकेपछि कलाकारहरुद्वारा रिभ्यु पनि दिइएको छ । फिल्म हेरिसकेपछि उनिहरुले साराको पहिलो यस फिल्मलाई पोजेटिभ प्रतिक्रिया दिएका छन् । अर्जुन रापालले निर्देशक अभिषेक कपुरको शान्दार कोशिसको तारिफ गरेका छन् । साथै क्लाइमेक्स सिक्वेन्समा अभिनेत्री साराको कामबाट प्रभावित भएको बताएका छन् ।

यता सुजैन खानले साराको कामलाई नयाँ ट्यालेन्ट भनेका छन् । यसका साथै शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्राले पनि मेकर्स र कलाकारहरुको खुलेरै तारिफ गरेका छन् ।

अर्जुन रामपालले ट्वीट गर्दै लेखेका छन्, ‘‘केदारनाथ’ हेरियो । फिल्म राम्रो बनेको छ । सबै कलाकारहरुले राम्रो भुमिका निभाएका छन् । सारा अली खान क्लाइमेक्समा आश्चर्यजनक छन् ।’

यता सुजैन खानले् पनि इन्स्टाग्राममा लेखेकी छन्, ‘एक शान्दार कहानी । नयाँ सुपर ट्यालेन्ट सारा आइसकेकी छन् । सुशान्त शान्दार छन् । दुवैलै कुशल अभिनय गरेका छन् । ‘केदारनाथ’ले मेरो दिल छोयो ।’

यता राज कुन्द्राले लेखेका छन्, ‘वाउ (wow) भन्न चाहन्छु । केदारनाथ फिल्म बनाउन सजिलो थिएन । अभिषेक कपुरले बनाएर देखाए । भिजुअल इफेक्ट र कहानी राम्रो छ । सुशान्त र सारा निकै रियल छन् । फिल्म हेर्न लायक छ ।’

मिडिया रिपोर्टका अनुसार ‘केदारनाथ’को फस्र्ट डे कलेक्शन लगभग ५/६ करोडको हुनसक्नेछ । यो फिल्म ३५ करोडमा बनाइएको हो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु