Breaking News

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारीः इनरुवामा विद्यार्थीले निकाले र्‍याली

इनरुवा– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहँदा स्थानीय तहमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यसैबिच इनरुवामा रहेको जनक स्मृति माबिका विद्यार्थीहरुले र्याली सहित नगरको परिक्रमा गरेका छन् ।

जनक स्मृति माबिमा कक्षा ८ र ९ मा अध्ययनरत छात्रछात्राहरुले विभिन्ने प्ले कार्ड सहितको ¥याली निकालेका हुन् ।लैङ्गिक हिंसा विरुद्धको अभियान समृद्ध समाजको निर्माण भन्ने नाराकासाथ निकालिएको विद्यार्थीको ¥याली पश्चात इनरुवा बजारमा कोण सभा गरिएको थियो ।

विद्यालय शिक्षाकै क्रममा हिंसा विरुद्धका विविध पक्षको पाटोमा अवगत गराउन थालेसँगै विद्यार्थीहरु स्वयं सामाजिक उत्तरदायित्व सहितको सचेतना मूलक अभियानमा जुट्दै आएका छन् । विद्यार्थीहरु स्वतःस्फुर्त अभियानमा जुटेपछि समन्वयको काम मात्रै आफुहरुले मिलाइदिएको शिक्षक सरोज बरालले जानकारी दिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु