Breaking News

जापानमा अमेरिकी दुई लडाकु विमान ठोक्किए,६ वेपत्ता

एजेन्सी / जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान आपसमा ठोक्किंदा ६ जना वेपत्ता भएका छन् ।

आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिंरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान ठोक्किएका हुन् ।

अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित अमेरीकी सेनाको आधारबाट उडेका के.सी वान थर्टी र एफ.एटिन लडाकु विमान दुर्घटनामा परेका हुन् ।

जापनको समुद्री किनारबाट झण्डै ३ सय २० किलोमिटर टाढा दुर्घटना भएको बताइएको छ ।

दुईटनास्थलबाट एक जना सैनिकको उद्दार गरिएको छ भने बाँकी ६  सैनिक हराईरहेका छन् ।

वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । उद्धारका लागि जापानले पनि चार वटा विमान र तीन पानी जहाज परिचालन गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु