Breaking News

‘छक्का पञ्जा ३’ ले दियो सक्सेस पार्टी, दीपिका भईन् अनुपस्थित

काठमाडौं– १३ चलचित्र भवनमा प्रदर्शनको ५१औं दिन मनाउन सफल ‘छक्का पञ्जा–३’ चलचित्रले यो खुसी सबैमाझ बाँडेको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले यो खुसी साटेको हो । थुप्रै कलाकार, पत्रकार र चलचित्रका प्राविधिक नित्याइएको कार्यक्रममा निर्माण युनिटले चलचित्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान समेत गरेको छ ।

बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, भुवन केसी, छविराज ओझा, अशोक शर्मा, गोपाल कायस्थ, करिश्मा मानन्धर, विनोद मानन्धर, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरे, बर्षा राउत, निशान भट्टराई, निर्मल शर्मा, बसुन्धरा भुषाललगायत करिब तीन दर्जन बढी कलाकार उपस्थित कार्यक्रममा धेरैले सफल चलचित्र निर्माण गर्ने दिपक राज गिरी र दीपाश्री निरौलाको टिमलाई बधाई दिए ।

कार्यक्रममा अभिनेता, निर्माता तथा कलाकार दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ ले मनाएको ५१ औं दिन आफ्नो मात्र नभएर पुरै चलचित्र क्षेत्रको भएको बताए । ‘यो सफलता आफ्नो टिमको मात्र हैन’ उनले भने ‘यो सफलताको खुसी नेपाली चलचित्र क्षेत्रलाई समर्पित गर्न चाहन्छु ।’

यस्तै चलचित्रका निर्देशक दीपाश्रीले अहिलेको समयमा चलचित्रले ५१ औं दिन मनाउनु ठूलो उपलब्धि भएको चर्चा गरिन् । उनले भनिन् ‘सफलताको श्रेय दर्शक र मिडियालाई दिन चाहन्छु ।’

पहिलो सिक्वेल ‘छक्का पन्जा’को गीत ‘सुर्के थैली खै’मा दिपक, दीपा लगायत कलाकार नाचेर सुरु भएको कार्यक्रममा यही गीतमा मदनकृष्ण श्रेष्ठ, करिष्मा मान्धर बसुन्धरा भुषाल लगायत धेरै कलाकारलाई समेत नचाइएको थियो ।

५१ औं दिने पार्टीमा यसै चलचित्रकी मुख्य अभिनेत्री दीपिका प्रसाईं भने उपस्थित थिइन् ।

चलचित्रले अहिलेसम्म १७ करोड ग्रस विजनेस गरेको केही अगाडि सार्वजनिक गरिएको थियो । उनी उपत्यका बाहिर भएकोले उपस्थित हुन नसकेको निर्माण युनिटले जानकारी दिए ।

गत असोज २४ गते घटस्थापनाको दिनबाट प्रर्दशनमा आएको चलचित्रमा दिपक राज गिरी, जीतु नेपाल, शिवहरी पौडेल, दीपिका प्रसाई लगायत कलाकारको अभिनय रहेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु