आज स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

आज स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं– स्वरसम्राट नायरायण गोपालको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाईदै छ ।

१९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन् । उनले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् ।

नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यस वर्ष डा. दीर्घ सिंह बम, निर शाह, डा. विश्वम्भर प्याकुरेल र दिनेश अधिकारीलाई प्रदान गरिँदै छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्धर्व सम्मानित भएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु