बाँदर आतकं बढ्योः घरमै आएर महिलालार्इ कुट्यो, महिला गम्भीर घाइते

बाँदर आतकं बढ्योः घरमै आएर महिलालार्इ कुट्यो, महिला गम्भीर घाइते

पर्वत– जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन् ।

घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए । बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु