Breaking News

हिम श्रृङखला एकेडेमीद्वारा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं– गोकर्णेश्वर–२ मा रहेको  हिम श्रृङखला एकेडेमीले एसइइ परिक्षामा उत्रिर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अथितीका रुपमा प्रतिनिधी सभा सांसद कृष्ण राई, बिशेष अथितीका रुपमा प्रदेश सभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे लगायतका ब्यक्तित्वहरुको उपस्थीती रहेको छ ।

कार्यक्रममा आदित्य पुडासैनी तथा उनका साथीहरुले राष्ट्रिय गान गाउदै कार्यक्रमको शुभारम्भ गरेका छन्भने फ्लोरिका भट्ट र अपेक्षा थापाबाट स्वागत मन्तब्य दिदैं कार्यक्रमको शुरुआत भएको हो ।

प्रमुख अथितीबाट पानस र सरस्वतीको तस्बीरमा दीप प्रज्जवलन गर्दै कक्षा ३ र ४ का बिद्यार्थीहरुले “पुर्वको माया” बोलको गीतबाट नृत्य गरेका हुन् । यसका साथै सिनियर क.ेजीका विद्यार्थीहरुबाट “फुलको आखाँमा” बोलको गीत बाचन गरेका छन् ।

यसैगरी प्रधानाध्यापक नारायण भक्त श्रेष्ठ, टासी ल्हामु शेर्पाले मन्तब्य दिएका छन् । कार्यक्रममा फ्लोरीका भट्ट र साथीहरुले शास्त्रीय नृत्य गरेपश्चात एस ई ई परिक्षामा उत्तिर्ण भएका विद््यार्थीहरुलाई बधाई तथा मायाको चिनो दिईएको हो ।

कार्यक्रममा प्रविना स्मृती श्रेष्ठ लगायतले सयथरी बाजा बजाएका छन् र बीर बहादुर लामालाई विशेष सम्मान दिईएको छ ।

कार्यक्रमको अन्त्यमा प्रतिनिधी सभा सांसद कृष्ण राई, बिशेष अथिती प्रदेश सभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे लाई सभापतिबाट मायाको चिनो दिएर प्रमुख अथितीको मन्तब्य राख्दै सभापतिबाट कार्यक्रमको समापन भएको हो ।

हेर्नुहोस तस्बीरमाः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु