Breaking News

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ हुने

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ हुने

काठमाडौं– नेपाली रंगमञ्चमा नाट्य मेला, उत्सवहरुको अभाव भइरहदा पनि राज्यस्तरबाट पहल नभएका कारण देशभरका रंगकर्मी जुटेका छन् । अव नेपालमा सक्रिय आठ नाट्य समूहहरुको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५को आयोजना हुने भएको छ । यस ऐतिहासिक महोत्सवको आयोजनाका लागि मण्डला थिएटर नेपालसहित काठमाडौका अन्य सक्रिय नाट्यसंस्था शिल्पी थिएटर, सर्वनाम थिएटर, कथा घेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेज सहकार्य गदैछन् ।

आयोजक सम्पूर्ण संस्थाहरु नेपाली रंगमञ्चमा लामो समयदेखि रंगशिल्पको अभ्यास गरिरहेका छन् । आठ दिवसीय य महोत्सव अन्तर्गत काठमाडौँका पाँच नाटकघरहरुमा फागुन १३ देखि २० गतेसम्म करिब ३० वटा स्वादेशी तथा विदेशी नाटक मञ्चन गरिनेछन् । महोत्सवमा नाट्य मञ्चनका अत्तिरिक्त विविध सांस्कृतिक झाँकीहरु, नयाँदेखि पुराना नाटकका फोटो प्रदर्शनी , दैनिक अन्र्तक्रिया, कविताबाचन, चित्रकला प्रर्दशनी , रंगकर्मीहरुलाई सम्मान तथा पुरुस्कार वितरण लगायतका कार्यक्रमहरु हुने आयोजक टिमले बताएको छ ।

‘सामाजिक रुपान्तरणका लागि कलात्मक यात्रा’ मुलमान्त्रसहितको यस महोत्सवले सामाजिक समानता र सद्भावलाई बढावा दिनुका साथै रंगमञ्चको माध्यमबाट सामाजिक विषयहरुमा काम गर्न र अन्तराष्ट्रिय स्तरमा सांस्कृतिक आदनप्रदान गर्न कलाकारहरुलाई प्रेरित गर्नेछ । स्थानीय स्तरमा काम गरिरहेका कलाकर्मीलाई उत्प्रेण र सहयोगको वतावरण बनाउन स्थानीय निकायहरुसँग समन्वय गरी सम्रग रंगमञ्च र अन्य प्रदेशहरुमा समेत नाट्य संस्कृतिको विकास गर्नुलाई यस महोत्सवको उद्येश्य रहेको छ ।

आयोजकमध्ये काठमाडौभित्र पाँच संस्थाहरुले कलाकारहरुको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरेर विगत दशवर्ष नियमित नाटक मञ्चन गरिरहेका छन् । नाटकघर नभएका अन्य तीन संस्थाहरु पनि लामो रंगमञ्चीय अभ्यासका कारण देश विदेशमा परिचित छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु