Breaking News

तामाङ ‘को-अपरेशन सोसाइटी अफ क्यालिफोर्निया’को चौथो महाधिवेशन सम्पन्न 

आशिष तामाङ /
क्यालिफोर्निया- तामाङ ‘को–अपरेशन सोसाईटी अफ क्यालिफोर्निया’को अध्यक्षमा प्रेम लामा निर्वाचित भएका छन् ।सोसाईटीको चौथो महाधिवेशनबाट लामाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

महाधिवेशनले उपाध्यक्षमा रेणु योन्जन र बुद्धिमान तामाङ, महासचिवमा सुरज पाख्रिन, सचिवमा ज्ञानबहादुर लामा चयन गरेको छ । त्सयैगरी कोषाध्यक्षमा प्रतिमा लामा, सदस्यमा विजय लामा, सुकदेव तामाङ, रमा योन्जन, अमृत घिसिङ र पदम तामाङ सर्वसम्मत चयन भएका हुन् ।

सन् २००९ मा स्थापना गरिएको यस  संस्था विशुद्ध सामाजिक संस्थाका रुपमा क्रियाशिल रहदै आएको नवनिर्वाचित अध्यक्षमा  लामाले बताएका छन  ।

क्यालिफोर्नियामा आयोजित महाधिवेशनको प्रमूख अतिथिका रुपमा शेर लामा रहेका  थिए । महाधिवेशनको उद्घाटन सत्रमा विद्यासागर योन्जन, दिकी लामा र रत्तु लामाले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु