Breaking News

राष्ट्रपतिका लागि १८ करोड रुपैयाँको गाडी किन्ने भन्दै युवाहरुले मागे भिख (भिडियो)

राष्ट्रपतिका लागि १८ करोड रुपैयाँको गाडी किन्ने भन्दै युवाहरुले मागे भिख (भिडियो)

काठमाडौं– राष्ट्रपतिका लागि १८ करोड रुपैयाँ बराबरको सवारी साधन उपलव्ध गराउने सरकारी निर्णयको विरोधमा युवाहरुले व्यंग्यात्मक प्रदर्शन गरेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधा सम्बोधन हुनुको साटो जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले व्यंग्यात्मक प्रदर्शन गरेका हुन् ।

विरोध जनाउँदै युवाहरुले सबैसँग एक रुपैयाँ भिख मागेका थिए । आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाले दान गर्न समेत प्रचार गरेका थिए ।

१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने युवाको भनाई थियो ।

यद्यपी सरकारले गत बिहीबार राष्ट्रपति स्वयंलाई नभई राष्ट्रपतिको सुरक्षाका लागि सम्पूर्ण कारगेट खरिदका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको भन्दै स्पष्टीकरण दिएको थियो ।

हेर्नुहोस भिडियोः

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु