Breaking News

स्व.भुजेल प्रतीको श्रद्धान्जली सभा सम्पन्न

चितवन  – संघिय समाजवादी फोरम चितवन जिल्ला कार्य समितिको आयोजनामा स्व.चन्द्र बहादुर भुजेल प्रती श्रद्धान्जली सभा सम्पन्न भएको छ ।

संघिय समाजवादी फोरम चितवन जिल्लाका अध्यक्ष एवं समाजवादी ट्रेड युनियन महासंघका उपाध्यक्ष प्रेम भुजेलका पिता स्व.चन्द्र बहादुर भुजेलको निघन भएको नवौं दिनमा सो श्रद्धान्जली सभा कार्यक्रम भएको हो ।

स्व.भुजेलको निजि निवास देवनगर,४ चितवनमा उक्त कार्यक्रम भएको समाजवादी ट्रेड युनियनका केन्द्रीय अध्यक्ष नवराज दाहालले जानकारी दिएका छन् ।

श्रद्धान्जली सभा कार्यक्रममा वोल्दै अध्यक्ष दाहालले स्व. भुजेल लगनशिल,मेहनती,श्रमजिवि एव्म सामाजिक भावना भएको व्याक्ती गुमाउनु पर्दा समग्र श्रमिक क्षेत्रलाई नै क्षती भएको बताएका छन ।
कार्यक्रममा समाजवादी ट्रेड युनियनका वरिष्ठ  उपाध्यक्ष अर्जुन लम्सालले उहाँको निधनले चितवनका श्रमिक वर्ग तथा संघ संस्थालाई अपुरणीय क्षती पुगेको बताए। लम्सालले जिवन मरण प्राकृतिक नियम भएको भन्दै स्व. भुजेल प्रती श्रद्धान्जली प्रकट गर्नु साथै  शोकको घडिमा रहेका परिवार प्रती समवेदना प्रकट गरेका छन ।

श्रद्धान्जली सभा कार्यक्रममा संघिय समाजवादी ट्रेड युनियन केन्द्रीय महासंघका सह-कोषाध्यक्ष कुवेर तिमल्सेना,महिला अध्यक्ष सोनाम लामा  शाक्य,तामाङ घेदुङ चितवन,संघिय समाजवादी फोरम यूवा जिल्ला समिति,महिला जिल्ला समिति,सामुदायीक प्रहरी गैंडाकोट लगाएतका विभिन्न संघ सस्थाले दिवंगत आत्मप्रती श्रद्धान्जली साथै परिवारजन प्रती समवेदना प्रकट गरेका थिए ।


१०३ बर्षे स्व.चन्द्र वहादुर भुजेलको यहि कार्तीक २७ गते निजि निवासमै निधन भएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु