Breaking News

थलीको कान्तिपुर क्याम्पसमा शिक्षकको माग राख्दै विद्यार्थी उत्रिए आन्दोलनमा

साँखु– काठमाडौँको थलीस्थीत कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

वार्षिक उत्सव कार्यक्रममा आज विद्यार्थीले क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक तहका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।

क्याम्पसका स्ववियु सभापति पल बज्रर्चायले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै स्रोतसाधनका साथै विषयगत शिक्षकको माग गरिएको बताए । बज्रर्चायले प्रशासनमा आर्थिक पारदर्शीता नभएकैले विद्यार्थीलाई चाहिने स्रोतसाधन जुटाउन नसकेको भन्दै विद्यार्थी युनियनको नेतृत्वमा क्याम्पसको प्रशासन सुर्धान र शैक्षिक गुणस्तर बढाउन माग गरेको बताएका छन् ।

करीब ४०० विद्यार्थी रहेको सो क्याम्पसमा विषयगत शिक्षक नहुँदा पठनपाठनमा अवरोध पुगेको विद्यार्थीको गुनासो छ । कक्षा १२ मा अध्ययनरत निशा गहतराजले भने, “ कक्षा ११ मा हामीले पत्रकारिता विषयको एक पृष्ठ पनि पढाउने शिक्षक पाएनौं, बिना शिक्षक अहिले पनि १२ कक्षा पढिरहेका छौं के बुझेर परीक्षा दिने आफै अन्योलमा छौ ।”

विरोध कार्यक्रममा पुगेका नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुमन पाण्डेले विद्यार्थीको गुनासोको बारेमा क्याम्पसलाई ध्यानार्कषण गराउँदै जायज माग पूरा गर्न प्रशासनलाई आग्रह गरेका छन् । तत्कालै विद्यार्थीको समस्याको हल गर्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने क्याम्पस प्रमुख शैलेन्द्रप्रसाद कुईकेलले बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु