उत्तर प्रदेशका मुख्यमन्त्री जन्ती बनेर जनकपुर आउने!

''मुख्यमन्त्री आदित्यनाथद्वारा जनकपुर–जयनगर रेलको उद्घाटन गरिने''

उत्तर प्रदेशका मुख्यमन्त्री जन्ती बनेर जनकपुर आउने!

जनकपुर– भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागको बताए ।

भारतीय रेलमन्त्री सुरेश प्रभु र उत्तरप्रदेशका मुख्यमन्त्री योगीले भारतीय लगानीमा निर्माण गरिएको जयनगर–जनकपुर–कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु