Breaking News

चीनका संस्कृतिमन्त्री सुग्याङ्ग बौद्धनाथ स्तुपामा (फोटोफिचर)

काठमाडौं– सङ्घिय गणतन्त्र चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुग्याङ्गले बोद्धनाथ स्तुपाको भ्रमण गरेका छन् । सुग्याङ्ग सहितको चिनियाँ प्रतिनिधिहरुलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राज कुमार लामाले स्वागत एवं बौद्धनाथको अवलोकन गराएका थिए । सुग्याङ्गले बौद्धनाथमा दीप प्रज्वलन गर्दै चीन र नेपालका बिच मैत्री सम्बन्धका बारे चर्चा गरे । उनले नेपालको संस्कृति, सम्पदा संरक्षण र पुनः निर्माणमा चीन सरकारले सक्दो मद्दत पुर्याउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले पछिल्लो समयमा भएका स्वतन्त्र तिब्बत गतिबिधिबीच सजक रहन आग्रह गरे ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राज कुमार लामाले सङ्घिय गणतन्त्र चीनको संस्कृति तथा पर्यटन मन्त्रीको बौद्धनाथ भ्रमण आफैमा ऐतिहासिक रहेको बताए । उनले महाभुकम्पले ग्रस्त सम्पदाहरुको पुनः निर्माणमा चीन सरकारको सहयोगलाई प्रशंसा गर्दै सुग्याङ्गलाई धन्यबाद समेत प्रकट गरे । साथै उनले आउदो दिनहरुमा पनि नेपाल र चीन बीच सास्कृतिक आदान–प्रदान सम्बन्धमा सकारात्मक रहेको बताए ।

संस्कृति मन्त्री सुग्याङ्गको वागतको लागि काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, पासाङ ह्याल्मो लामा, नेकपाका नेता तथा समाजसेवी टि आर नेपाल लगायतको उपस्थीती रहेको थियो ।

हेर्नुहोस तस्वीरमा:

वडा समाचारहरु

सम्बन्धित समाचारहरु