Breaking News

स्व. तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन सरकारले पहल गर्ने :उपप्रधानमन्त्री पोखरेल

काठमाडौं –  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मानवअधिकारवादी नेता पद्ममरत्न तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन सरकारले पहल गर्ने बताएका छन् ।

स्वर्गीय तुलाधरको १३ औं पुण्य तिथिमा आज काठमाडौंमा भएको कार्यक्रममा उनले पद्ममरत्न व्यक्तिमात्र नभई संस्था भएकाले सरकारले उनको सम्मान गर्ने बताए । तुलाधरले मानवअधिकारको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै मन्त्री पोखरेलले उनको बिचार सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

मानवअधिकारवादी नेता दमननाथ ढुंगाना, डा. ओम गुरुङ, मल्ल के सुन्दरले तुलाधर आदिवासी जनजाति आन्दोलनको अगुवा भएको बताए ।

नेपाल भाषाको संरक्षण र साहित्यमा तुलाधरको विशेष योगदान रहेको उनीहरुको भनाइ थियो । उनीहरुले पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि माग गरे ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु