Breaking News

टोखा नगरपालिकामा काँग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधिले बोलाए नगरसभा

काठमाडौं– कांग्रेसका तर्फबाट नगरसभाका सदस्यहरुको माग अनुसार टोखा नगरपालिकाले विशेष नगरसभा विहीबार बोलाएको छ । टोखा नगरपालिकाले गत असारमा नगरसभा सम्पन्न गरी आफ्नो कार्ययोजना सार्वजानिक गरेको थियो ।

कांग्रेसका अधिकांश नगर सदस्यहरुले नगरपालिकाले गरेको नगरसभाको विरोध गरेको छ । नगरपालिकाले एकलौटीरुपमा शक्ति प्रयोग गरेको भन्दै नगरसभा नियम संगत नभएकोले विशेष नगरसभा बोलाउनु परेको विशेष नगरसभाका सदस्यहरुको भनाइ छ । कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने नगर सदस्यहरुको माग अनुरुप नगरपालिकाले विहीबार विशेष नगरसभा बोलाएको हो ।

विशेष नगर सभामा नेपाली कांगे्रसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले सार्वजानिक सम्पत्तिको सुरक्षा, अत्याधिक कर लगायतका ११ बुदे माज्ञापन पत्र पेस गरेका छन् । नगरपालिकाले एकलौटि आफुहरुका समर्थकहरुमार्फत निति तथा योजनाहरु सार्वजानिक गरेकाकारण विशेष सभाको माग गरेको विशेष नगरसभाका अध्यक्ष दीपकराज जोशीको भनाइ छ ।

विधि र नियमानुसार नगरपालिकाले ८८ प्रतिशतको उपस्थितिमा नगर सभा सम्पन्न भएको भए पनि त्यसको विरोधमा नेपाली कांग्रेसका प्रतिनिधिहरुले बोलाएको यो विशेष नगरसभाले कुनै ठोस निर्णय भने नगर्ने नगरपालिकाका पवक्ता बच्छु बस्याल बताउनु हुन्छ । नगरपालिकाका ५ वटा वडामा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष रहेका छन् । बहुमतको सरकारको आडमा टोखा नगरपालिकाका नगर प्रमुखले आफुखुसी निर्णय गर्ने गरेको आरोप कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्षहरुको गुनासो रहेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु