Breaking News

‘बौद्ध–जोरपाटी–सुन्दरीजल सडकबारे भ्रम फैलाउन खोजियो’– सांसद कृष्ण राई

महानगरिय प्रहरी बिट

काठमाडौं– प्रतिनिधि सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य कृष्ण राईले बौद्ध –जोरपाटी–सुन्दरीजल सडकबारे जनमानसमा भ्रम फैलाउन खोजिएको बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागरफेदी स्थीत नवनिर्मित अस्थायी प्रहरी विट उद्घाटन समारोहमा प्रमुख अथिती प्रतिनिधि सभा सदस्य कृष्ण राईले केही जिम्मेवार व्यक्तीहरुले आधार बिहिन तर्क गर्दै उक्त सडकबारे भ्रम फैलाउदै हिडिरहेको बताएका छन् । सांसद राईले बौद्ध–जोरपाटी–सुन्दरीजल सडक २२ मिटर बनाइनुपर्नेमा जोड दिदैं यसको कुनैपनि विकल्प नरहेको बताएका छन् । उनले केही साथीहरुले सडक ३ लेनको बनाउन एकतर्फी ढङ्गले डेलिगेशन गएकोमा आपत्ती समेत जनाएका थिए ।

प्रदेश सभा सदस्य, प्रदेश ३ का प्रमुख सचेतक एवं नेकपाका केन्द्रिय सदस्य रामेश्वर फुयाँलले कागेश्वरी नगरपालिका धार्मीक पर्यटकिय गन्तब्यमा रुपान्तरण हुने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी उनले कार्यक्रममा बोल्दै अपराधका क्रियाकलापहरु जरैदेखि निर्मुल पार्न अस्थायी प्रहरी बिटको उद्घाटन गरेको बताएका छन् ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले अवैध बालुवा तस्करी रोक्न सबैको ध्यानाकर्षण गराएका छन् । रातिको समयमा अवैध बालुवा तस्करी हुने भएकाले यस्ता क्रियाकलाप रोक्न नगरपालिकाले कठोर कदम चाल्ने समेत जानकारी दिएका छन् ।

प्रहरी बिट उद्घाटन समारोहमा सभापति कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेल रहेका थिए भने प्रहरी बिटको उद्घाटन प्रहरी प्रमुख सर्वेन्द्र खनाल, काठमाडौं जिल्ला प्रमुख बसन्त लामा लगायतका सर्वसाधारणहरुको बाक्लो उपस्थीती रहेको छ ।

हेर्नुहोस तस्बिरमा:

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु