Breaking News

सानोभर्‍याङ नजिक गए राति दुर्घटना हुँदा ७० वर्षीया वृद्धाको मृत्यु

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१५ सानोभर्‍याङ नजिक गए राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ ।

बा १० प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भीर घाइते भएकी हुन् । उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्युभएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ ।

ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु