Breaking News

‘ठग्स अफ हिन्दोस्तान’ रिभ्युः पर्फमेन्स ठीक, अझैँ राम्रो हुनसक्थो !

काठमाडौं– विजय कृष्ण आचार्यले ‘धुम’, ‘धुम २’, ‘प्यार के साइड इफेक्ट’, ‘गुरु’ लगाएतका फिल्ममा कहिले स्क्रीन प्ले तर कहिले संवाद लेख्ने काम गरिसकेका छन् । पछिबाट अक्षय कुमार, सैफ अली खान, र करिना कपुरलाई लिएर उनले ‘टण्डन’ फिल्मको निर्देशन पनि गरिसकेका छन् ।

यसका साथै विजयले आमिर खानको ‘धुम ३’ पनि बनाइसकेका छन्, भने अहिले आमिर र अमिताभलाई लिएर ‘ठग्स अफ हिन्दोस्तान’ पनि बनाएका छन् । यो फिल्मको ट्रेलर निकै हिट भइसकेको छ ।

पहिलो पटक आमिर र अमिताभ एकैसाथ यो फिल्ममा देखिदै छन् । के यो फिल्मले यस दीपावलीमा धमाका मच्चाउँछ त ? यो फिल्म कसरी बनेको थियो ?

फिल्मको कहानी के हो ?
यो फिल्मको कहानी १७९५ को भारतको कहानी हो । सो समयमा दक्षिण भारत कम्पनीका राजा थिए, भने उनको साथमा धेरै अंग्रेजहरु थिए । तर, रौनकपूर यस्तो एउटा राज्य थियो, जहाँ ती अंग्रेजहरुको पकड भन्दा टाढा थियो ।

सो राज्यको सेनापति खुदाबख्श जहाजी (अमिताभ बच्चन)ले आफ्नो मिर्जा साहेब (रोनित राय) र पूरै प्रदेशको रक्षा गर्दथे । विविध कारण मिर्जासाहेबको मृत्यु हुन्छ र उनको छोरी जफीरा (फतिमा सना शेख)को पूरै जिम्मेवारी खुदाबख्शको हातमा आउँछ । यसरी नै ११ वर्ष अगाडि बढ्छ । यसैबीच पुनः फिरंगी मल्लाह (आमिर खान)को इन्ट्रि हुन्छ, जसले आफ्नो हजुर आमासँग कहिल्यै झुठो नबोल्ने कसम खाएका हुन्छन् ।

उनको उदेश्य पैसा कमाउनु हुन्छ । यसैबीच खुदाबख्श र फिरंगी मल्लाहको मिटिङ हुन्छ । यो फिल्मको कहानीमा जब ट्वीष्ट आउँछ, तब दक्षिण भारत कम्पनीका जनरल क्लाइवले यी सबैलाई निराश पार्छ ।

सुरैया (क्याट्रिना कैफ) ले ती अंग्रेजहरुको मनलाई बहलाइदिने काम गर्छन् । फिल्ममा कयौं मोडहरु आउँछन् र अन्त्यमा एउटा नतिजा आउँछ, जसको लागि हामीले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

फिल्मका के हेर्न सकिन्छ ?
फिल्मको कहानी उत्कृष्ट भएपनि निर्देशन कमजोर छ । फिल्ममा समावेश कहानीको रफ्तार धेरै ठाउँमा सुस्त हुदै जान्छ । जसको लागि अझ धेरै राम्रो गर्न सकिन्थ्यो । जुन तरिकाले १७ औं शताब्दीको कथालाई प्रस्तुत गरिएको छ, अभिनेता आमिरले पुनः एक पटक कुशल अभिनय गरेका छन् । फिल्ममा आमिरले पूरै दर्शकहरुको मन तान्न कोशिस गरेका छन् ।

फिल्ममा फतिमा सना शेखले सहज अभिनय गरेकी छन् । साथै फिल्मको बाँकी भुमिकामा रौनित राय र इला अरुणले पनि कुशल अभिनय गरेका छन् ।

रिलिज अगाडि फिल्मको भिएफएक्समा कमी भएको कुरा चलेपनि फिल्ममा राम्रो भिएफएक्स देख्न सकिन्छ । फिल्मको ब्याकग्राउण्ड स्कोर पनि राम्रो छ । फिल्ममा आमिर, मोहम्मद जीशान अयुबले कयौं पटक हसाउँछन्, जसको कारण फिल्म फिल्म हेर्नका लागि अझ मज्जा हुन्छ ।

फिल्मको कमजोर पक्षः निर्देशनले पार्छ निराश !
फिल्मको कमजोर पक्ष भनेको लेन्थको हो, जहाँ धेरै लामो समयसम्म हेर्नुपर्छ । यो भन्दा छोटो भएको खण्डमा फिल्म अझ रोचक हुनेथियो । फिल्मको छायाँकनको क्रममा लामो गीत भएपनि छोटो बनाउनु पथ्र्यो, तर गरिएन । यो फिल्मको क्लाइम्याक्स अझ राम्रो हुनसक्थ्यो तर विजय कृष्णको निर्देशन कमजोर बन्न गयो ।

बक्स अफिसः
यो ‘ठग्स अफ हिन्दोस्तान’ फिल्म करिब २४० करोडको बजेटमा बनेको हो । यो फिल्मलाई ठूलठूला मल्टिप्लेक्सहरुमा रिलिज पनि गरिएको छ । विश्वमा यो फिल्मलाई करिब ७००० स्क्रीनसहरु मिलेको छ ।

समाचारमा आए अनुसार यो फिल्मको स्याटलाइट राइट डेढ सय करोडमा विक्रि भइसकेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु