सर्लाहीको बिभिन्न ठाउँमा आगलागी, एक बालकको मृत्यु

सर्लाही– लक्ष्मी पुजा मनाउने क्रममा गएराती सर्लाहीमा अगलागी हुँदा एक बालकको जलेर ज्यान गएको छ, भने लाखौ रुपैयाँ बराबरकोे सामान जलेर नष्ट भएका छन् । सलाही प्रहरीले दिद्यएका जानकारी अनुसार सर्लाहीको पाँच स्थानमा आगोलागी भएको छ । जलेर मृत्यु हुनेमा ब्रम्हपुरी गाउँपालिका–७ नोकेल्वामा घर अगाडी पार्किङ गरेर राखेको बोलेरो जिपमा आगलागी हुँदा सोही जिपमा सुतिरहेका रामलाल रायका छोरा बर्ष १२ का धनिकलाल रायको मृत्यु भएको हो । पार्कीङ गरेर राखिएको बिआर ०६ पीए २०१८ नम्बरको सो जिप पर्ण रुपमा जलेर नष्ट भएको छ ।

बिद्युत सर्ट भएर जिपमा आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आग्लागीबाट ५ लाख बराबरको क्षती भएको छ ।

यसैविच बुधबार राती नै आगलागीबाट रामनगर गाउँपालिका–२ खैर्वा स्थित सलिन्दर साहको टायलको छानो भएको घर, चन्द्रनगर गाउँपालिका–३ बस्ने सिंधेश्वर चौधरीको खरको छानो भएको कुखुराको खाली फारम र गोडैता नगरपालिका–६ का भरोसी महतोको एल्भेस्टरको छानो भएको घर जलेर नष्ट भएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु