Breaking News

बोक्सीको आरोपमा फेरी कुटिइन् राधा चौधरी !

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी बोक्सीको आरोपमा फेरी कुटिएकी छिन् । चौधरीलाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ ।

राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता डिएसपी हरि बहादुर वलीले जानकारी दिए । कुटपिट गर्ने चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको डिएसपी वलीले बताए ।

कुटपिट गर्ने चौधरीलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत बोक्सीको आरोपमा सजाय हुने डिएसपी वलीले बताए । गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने राम बहादुर चौधरीलाई बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए ।

कुटपिट गरेको आरोपमा राम बहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु