काभ्रेमा यात्रुबाहक बस दुर्घटना, १३ जना घाइते

काभ्रे– काभ्रेको कोटतिमालामा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

बनेपाबाट काभ्रेको नारायणथान जाँदै गरेका बा ४ ख ५८०१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट केहि मिटर तल खसेको र दुुर्घटनाका करण खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घनटनाको विस्तृत जानकारी अझै आइसकेको छैन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु