देउसी खेल्दा गहना नलगाउन र समूहमा हिडन प्रहरीले गर्यो आग्रह

इनरुवा– सुनसरी प्रहरीले देउसी राति दश बजेसम्म मात्र खेल्न सर्वसाधारणमा अनुरोध गरेको छ । लक्ष्मीपूजा गरेसँगै भैलो खेलिने हुँदा दश बजेसम्म मात्र भैलो खेल्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको हो ।

देउसी खेल्न घरबाहिर निस्कँदा गरगहना नलगाउन र रातिको सयमा एक्लै नहिड्न समेत प्रहरीको आग्रह छ । गरगहना लगाएर रातिको समयमा हिँड्दा लुटपाटको सम्भावना रहन सक्ने भन्दै स्वयं समेत सजक र सचेत हुन जरुरी रहेको प्रहरी प्रवक्ता ज्ञानेन्द्र फुयालको भनाई छ ।

त्यसैगरी सुनसरी प्रहरीले देउसी खेल्न समेत रातिको दश बजेपछि नपाइने जनाएको छ । चाडपर्वका नाममा हुने विकृति रोक्न र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा उच्छृङखल गतिविधीमा संलग्न उपर कार्वाहीकालागि प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

सुनसरी प्रहरीले बिगतको भन्दा यस पटको दशैं मर्यादित र शान्तपूर्ण बनेको भन्दै सोही अनुरुप तिहार लक्षित सुरक्षा रणनीति अवलम्बन गरिएको जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु