Breaking News

घाँटीमा खुकुरी तेर्स्याउँदै बलात्कारः आरोपी तत्काल पक्राउ

बुटवल– कपिलवस्तुमा एक महिलाको घाँटीमा खुकुरी तेर्साउँदै एक पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका–८ का ३८ वर्षीय वर्मा भन्ने तालुक वढईले ५१ वर्षीया महिला चम्पालाई (नाम परिर्वतन) बलात्कार गरेको मुद्धा पीडित महिलाले दायर गरेको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी रवि रावलले जानकारी दिएका छन् ।

रावलका अनुसार ती महिलाले आफुलाई निजले उक्त रात घरभित्र पसी हातमा लिएको खुकुरी घाँटीमा तेर्साउँदै धम्क्याएर जबरजस्ती करणी गरेको जाहेरमा उल्लेख गरेकी छन् । मंगलबार जाहेरी परेको केही घण्टाभित्रै आरोपी वबर्मालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई अदालतमा ७ दिन म्याद थपी अनुसन्धान सुरु गरिएको डिएसपी रावले बताएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु