Breaking News

यस वर्षको तिहारमा फूल सस्तियो

काठमाडौं– यस वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाइएको छ । तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको बताए ।

उनीहरुले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको बताए । काठमाडौंका यादवेन्द्र श्रेष्ठले फूल धेरै सस्तोमा खरिद गर्न पाइएको बताए ।

यता, फूल व्यापारीहरुले भने भारतबाट अत्याधिक मात्रामा भित्रिएकाले यस वर्षको तिहारमा फूलको व्यापार घटन भएको बताए । काभ्रे कोसीपारिका व्यापारी राजेश्वर गौतमले गत वर्ष ४ हजारमा बेचिएको फूल यस वर्ष २ सयमा पनि विक्री हुन नसकेको गुनासो गरे । – आजको नयाँ पत्रिका दैनिकबाट

वडा समाचारहरु

सम्बन्धित समाचारहरु