Breaking News

मन्त्रीबाट बर्खास्तमा भएका स्थापित भन्छन्– ‘डोरमणि मुख्यमन्त्री हुन योग्य छैनन्’

काठमाडौं– प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य नभएको बताएका छन् । आफूले मुख्यमन्त्री पौडेललाई इमानका साथ बोकेको स्थापितको दाबी छ ।

‘हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । अहिलेका डोरमणिको दाबी थिएन् । बरु अष्टलक्ष्मीको दाबी थियो । मलाई पूर्वाधारमन्त्री बनाउनु भनेर पौडेल हिँडेका हुन् । उहाँको हैसियत नै त्यही हो’, उनले भने, ‘त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो। तर, आज दम्भ देखाउने ?’

स्थापितले मुख्यमन्त्री पौडेलको चर्को आलोचना गरेका छन् । उनले पौडेलको साँठगाँठ सिआईएसँग रहेको आरोपसमेत लगाएका छन् । – आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

वडा समाचारहरु

सम्बन्धित समाचारहरु