Breaking News

नवदीप युवा क्लबद्धारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

अर्घाखाँची  – नवदीप युवा क्लब को आयोजनामा एक दिने नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मालारानी गा पा वडा न. 5 स्थित श्री सिद्ध मा. वि. को प्राङ्गणमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा भैरहवा मेडिकल कलेजका वरिष्ठ महिला तथा प्रसुती रोग विशेषज्ञ डा. नारायण  बहादुर जि सी, मेडिकल अर्पिसर डा. सन्तोष भट्टराई ,डेन्टल हाईजेनिष्ट हरीकृष्ण अधिकारी लगाएतको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको थियो ।

उक्त निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा करिव दुई सय जनाले स्वास्थ्य परिक्षण गराएको क्लबका सचीव बिष्णु आचार्यले जानकारी गराएका छन्।

गाउँ मा अहिलेसम्म यस्ता कार्यक्रम नभएको र गाउँ आएर वरिष्ठ डाक्टरहरुले उपचार गर्दा उपचार गर्न आएका बिरामीहरुले उदाहरणीय काम गरेको भन्दै भन्दै खुसी व्यक्त गरेका थिए।

सोही कार्यक्रमका प्रमुख अतिथि मालारानी गाउँ पालिकाका वडा न. 5 का वडा अध्यक्ष शोभाखर भुसाल रहेका  थिए । 

उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुसालले स्वास्थ्य जस्तो संबेदनसिल कुरा गाउँमा अझै नि:शुल्क रुपमा ल्याउनु  उदाहरणीय काम भएको भन्दै क्लबको प्रसंसा गरेका थिए । 

अध्यक्ष भुसालले यी र यस्तै काम गर्दै जान समेत क्लबलाई आग्रह गरेका थिए । उनले समाजिक उत्तरदाहित्व बहन गर्दै क्लब अगाडी बढेको भन्दै आफ्नो साथ र सहयोग सदैब रहि रहने प्रतिवद्धता समेत व्याक्त गरेका थिए । 

साथै सिविरमा सहयोग गर्ने डाक्टरहरुको समुहलाइ क्लबले अर्घाखाँची जिल्लाका प्रसिद्ध धार्मीक तथा ्पर्यटकीय स्थलहरुका थिनारी रहेको फोटो संग्रहलाई मायाको चिनो स्वरुप प्रदान गर्नुका साथै प्रसंसा पत्र समेत प्रदान गरेको थियो ।आस्था डेन्टल,मंगलम फार्मेसी, र पानासीया फार्मेसी ‘बुटवल’ समेत शिविरको सहयोगी संस्थाको रुपमा रहेका थिए । ।

क्लबले विगतका बर्षहरुमा पनि क्यान्सर पडितहरुलाई स्वदेश तथा विदेशमा रहेका दाजु भाई साथै क्लबका सम्पूर्ण सदस्यहरुको व्याक्तीगत तर्फबाट रकम संकलन गरी आर्थीक सहयोग गरेको थियो । त्यसैगरी क्लबले क्यालेन्डर तथा देउसी भैलो बाट बचाएको पैसाले सिद्ध मावी, शान्ती मावी, र सुन्दर
निमावी स्कुल हरुलाई फोहर संकलन डस्वीन समेत एक कार्यक्रम बिच हस्तान्तरण गरेको थियो ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु