पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनलाई

काठमाडौं– पोखरा प्रिमियर लिगको उपाधिमा पोखरा पल्टनले कब्जा जमाएको छ । लिगको पहिलो संस्करणको फाइनलमा चितवनलाई तीन विकेटले हराउदै पोखराले उपाधि चुमेको हो । ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ६० रन बनाएको थियो ।

चितवनले ९ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । हरिशंकर शाह आठ रनमा आउट भएका थिए । त्यसपछि मैदानमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट तालमेल गर्दै टिमको पारी सम्हालेका थिए । जारी प्रतियोगितामा राम्रो लयमा समाउन नसकेका पारसले फाइनलमा भने कप्तानी पारी खेल्न सफल भए ।

उनले पोखराविरुद्ध ५० रन बनाउदै प्रतियोगितामा पहिलो अर्धशतक बनाएका हुन् । पारसको यो अर्धशतकसँगै जारी प्रतियोगितामा अर्धशतक सख्या २१ पुगेको छ । उनले ३६ बलमा ९ चौका प्रहार गरेका थिए । उनले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गरेर आफ्नो टोलीको खेल सम्हालेका थिए । पारस ५१ रनमा पेभेलियन फर्कदा चितवनले ८५ रनमा दोस्रो विकेट गुमाउन पुगेको थियो । तेस्रो विकेटका लागि पनि सन्नी पटेल र अनिल शाहले ५० रनको साझेदारी भएपछि चितवन स्थिति बलियो बनेको थियो । चितवनको स्कोर एक सय ३५ रन हुँदा तेस्रो विकेट झरेको थियो । अनिलले ३८ बलको सामना गरि ३७ रन बनाएका थिए ।

जसमा तीन चौका र एक छक्का सामेल रहयो । आजको खेलमा पनि भारतीय खेलाडी सन्नी पटेलको प्रदर्शन उत्कृष्ठ रहयो । इलिमिनेटर राउण्डमा पनि अर्धशतक बनाउदै टिमलाई फाइनलमा पु¥याएका सन्नीले आज पनि ४३ रनको योगदान गरे । जसमा ३ चौका र ४ छक्का सामेल छ । चितवनले १५७ रन बनाउँदा चौथो विकेट गुमाएको थियो । यस्तै आरिफ शेखले अविजित १४ रनमा रहे । बलिङ तर्फ कृष्ण कार्कीले दुई विकेट लिएका थिए । जवाफमा पोखराले १९ ओभर दुई बलमा सात विकेट गुमाउदै लक्ष्य पूरा गर्न सफल भयो ।

खराव सुरुवात गरेको पोखराले चार रनमा पहिलो विकेट गुमाउन पुगेको थियो । पोखराका प्रारम्भिक व्याट्सम्यमान कुशल भुर्तेल चार रनमा आउट भएका थिए । तर त्यसपछि आशिफ शेख र रवीन्दर सिंहले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु